इटहरी । आयुर्वेद क्षेत्रको एक मात्र साझा एकीकृत संस्था राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल R A A N ले प्रथम एतिहासिक महाधिवेशन को मिति परिबर्तन गर्ने निर्णय गरेको छ । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल R A A N को केन्द्रिय तदर्थ समितिको यहि मिति २०७९ साल माघ १३ गते बसेको आकस्मिक बैठकले संस्थाको प्रथम ऐतिहासिक महाधिबेसनको मिति परिबर्तन गर्ने निर्णय गरेको सस्थापक अध्यक्ष जगत बहादुर भट्टराईले जानकारी दिए ।
संस्थाको मिति २०७९ कार्तिक १९ गते को नियमित बैठक बाट संस्थाको एतिहासिक प्रथम महाधिवेशन २०७९ माघ २८ गते सनिबार काठमाडौ मा सम्पन्न गर्ने निर्णय गरिएको भएपनी उक्त निर्णयलाई बिबिध कारणबस भब्यताकासाथ सम्पन्न गर्न नसकिने भएकोले प्रथम एतिहासिक महाधिबेसनलाई यहि मिति २०७९ चैत्र २५ गते सनिबार काठमाडौमा सम्पन्न गर्ने गरि मिती परिबर्तन गरिएको जानकारी गराइएकाे छ । बिबिध कारण बस प्रथम ऐतिहासिक महाधिवेशन को मिती परिबर्तन गर्नु परेकोमा रान R A A N केन्द्रिय कार्यसमिती क्षमायाचना गरेकाे छ ।