टिफरको ठक्करबाट बालिकाको मृत्यु

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ । सुन्दरहरैँचा १२ निवासी अजित चौधरीको छाेरी अननियाको टिफरकाे ठक्करबाट मंगलबार घटना स्थालमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए।

भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । घटना पछि टिफरका चालक केराबारी १० निवासी वर्ष ३५ को राजकुमार लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ । बाटाेमा खेल्दै गरेकाे अवस्थामा एक्कासि टिफरले ठक्कर दिदा बालिकाकाे मृत्यु भएको तथा सव पोष्टमाटमका लागि मङ्गलबारे अस्पताल पठाइएको प्रहरीकाे भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…