सुन्दरहरैँचा/ पुरूषोत्तम धनकुमारी चापागाई स्मृति प्रतिष्ठान विराटनगरले भाषा साहित्य , धर्म संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरेको छ । प्रतिष्ठानले आफ्नो नवौं बार्षिकोत्सका अवसरमा आयोजित एक कार्यक्रममा तीनजनालाई सम्मान गरेको हाे । सम्मानित हुनेमा पत्रकारितातर्फ उदघोष दैनिकका प्रवन्ध सम्पादक विजय खतिवडा , भाषा साहित्यतर्फ प्राडा चक्रपाणी खनाल तथा धर्म संस्कृतितर्फ ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी रेनुका उप्रेती रहेका छन् ।
बरिष्ठ साहित्यकार दधिराज सुवेदी र प्रतिष्ठानका अध्यक्ष माधव अत्रि लगायतले उनिहरूलाइ सम्मान गरेका थिए ।सम्मानितलाइ जनही ११ हजार १ सय ११ रूपैया राशीसहित सम्मान गरिएको थियाे ।