ट्याक्टरको ठक्करबाट झापामा ४ वर्षिया बालकको मृत्यु

धरानः झापामा सडक दुर्घटना हुदा घटना स्थलमा नै ४ वर्षिया बालकको मृत्यु भएको छ । शनिबार दिउॅसो १ः ३० बजेको समयमा झापाको बाह्रदर्शी ६ मा बाह्रदशी डाँडा स्थित चारपाने राजगड पक्की भित्री सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरि कार्यलय झापाका डिएसपि बसन्त पाठकले जानकारि दिए।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ नं. को ईटाँ लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेको पैदल यात्री पूर्ण बहादुर खातीको छोरा बर्ष ४ को फडिन्द्र खातीलाई ठक्कर दिँदा बालकको घट्ना स्थलमा नै मृत्यु भएको पाठकको भनाई छ ।

घटना स्थलमा ईप्रका अनारमनिबाट प्रहरि निरिक्षकको कमाण्डमा टोलि खटि थप अनुसन्धान भईरहेको प्रहरिको भनाई छ ।ट्याक्टर तथा ट्याक्टर चालक जिल्ला पाँचथर हिलिहाङ ३ बस्ने २६ वर्षका बिबेक मेनेङबो लिम्बु ईलाका प्रहरि कार्यलय अनारमनिको नियन्त्रणमा रहेको प्रहरिको भनाई छ । अन्य अनुसन्धान भईरहेको प्रहरिले जानकारि दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…