चिसो बढेपछि इटहरी ६ नं वडाद्वारा दाउरा तथा ड्रम वितरण

इटहरी / केही दिनयता ह्वात्तै चिसो बढेपछि इटहरी उपमहानगरपालिका वडा नं ६ द्वारा दाउरा तथा ड्रम वितरण वितरण सुरु गरेको छ । इटहरी वडा न.६ को तर्फबाट वडा न.६ भित्र का आवश्यकता अनुसार स्थानीयहरू र देशका विभिन्न ठाउँ बाट आउने यात्री हरूको लागि आगो ताप्ने ड्रम सहित दाउरा वितरण गरिएको हो ।

सुनसरी जिल्ला वन कार्यालय सुनसरीबाट खरिद गरी २ ट्रिफर दाउराका साथ आगो ताप्ने ड्रम इटहरी पूर्व बस स्टेण्ड , नगरपालिका अगाडि, गोल्डेन चोक(हटिया लाइन), बिपी चोक, विशालबजार(पश्चिम लाइन), म्याजिक स्टेण्ड, धरान रोड, सङ्गीत चोक, चोक(रेयुकाइ चौतारी), अनामनगर चोक लगायतका क्षेत्रमा वृद्धवृद्धा, यात्रु, ज्येष्ठ नागरिक तथा साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको वडाअध्यक्ष दिवस पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

Loading…