धरानका अमिन सरुवा , रमाना दिन मानेनन् केही वडाध्यक्षहरू

धरान: धरानका नौ जना अमिनहरूको सरुवा भएको छ। केही वडाध्यक्ष हरुले सरुवामा आपत्ति जनाएको कुरा खुलासा भएको छ। उपमहानगरले चोपनाथ धमला, वीरेन्द्र खड्का ,कवीन्द्र आग्रि ,प्रकाश राना मगर , प्रेम प्रकाश जोशी ,अजय कुमार यादव,गौतम  बाट्ला, मञ्जु राई र जिमित नारायण पण्डित प्राविधिक अमिनहरूको काम कारबाहीलाई चुस्त-दुरुस्त तथा व्यवस्थित ढङ्गले कार्य सम्पादन गरी सेवा प्रदान गर्ने आग्रह गरी जिम्मेवार परिवर्तनको टिप्पणी आदेश गरेको छ । सरुवा भएका अमिनलाई आफ्नो कामलाई विवादरहित र पारदर्शी रूपमा गर्नु साथै कुनै समस्या नआउने गरी जिम्मेवार निर्वाह गर्नु मेयर हर्क साम्पाङको निर्देशन रहेको छ ।

धरान २,५,६ र १४ का वडाध्यक्षहरूले धरान उपमहानगरपालिकालाई अमिन सरुवा रद्ध गर्नु केही दिनदेखि दौडधुप गरिरहेका छन्। गत महिनामै सरुवा हुनुपर्ने अमिनको सरुवा गत सम्पन्न चुनावमा आचार संहिताको लागु भएकाले सरुवा हुन नसकेको  र अमिनहरूको कार्यमा धेरैले गुनासो पहिलो देखि आएकाले हाल सरुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाल बताउँछन्। nवडाध्यक्षहरूले आपत्ति जनाएकोबारे सोध्दा रिजालले भने “दबाब दिए पनि सरुवा कुनै हालतमा रद्ध हुने छैन। म सिस्टममा कार्य गर्ने मान्छे हु सेटिङ मेरो कार्यकालमा कुनै काम नहुने विश्वास धरानबासिलाई दिलाउन चाहन्छु।”

सरुवा भई जाने कर्मचारीहरूलाई दिइने सरुवा-पत्रको ढाँचा ( रमाना पत्र) दिन वडाध्यक्षहरू अनकनाएको बुझिएको छ । वडाध्यक्षहरूले अमिन सरुवामा आपत्ति जनाउने कुरालाई सर्वसाधारणले जग्गामा चलखेल हुने कुरालाई बुझ्ने गर्छन् ।  सरुवा बढुवामा दबाब दिनुलाई राजनितिविश्लेषकहरुले नैतिक भ्रष्टाचार समेत भन्दै आएका छन्।

को हो अमिन पद ?

अमिनको काम भनेको जग्गा नापिजाँच गर्ने हो । नक्साअनुसार जग्गालाई चिन्ने र छुटाउने काम अमिन हो । अमिनले निजी जग्गाहरू नाप्ने, त्यसलाई छुटाउनेसहित चार किल्ला प्रमाणित गर्ने काम गर्छन् ।

यसै गरी बाटाको सीमाङ्कन गर्ने, जग्गाका विवाद प्राविधिक रूपमा साम्य गर्ने, सार्वजनिकसहित विभिन्न किसिममा जग्गाहरू पहिचान गर्ने र छुटाउने लगायतका काम अमिनले गर्छन् । फिल्डमा गएर काम गर्नुपर्ने भएकाले अमिनको काम जति चुनौतीपूर्ण जस्तो लाग्छ उत्तिकै रोमाञ्चक हुने अमिनहरू बताउॅछन।

तपाईको प्रतिक्रिया

Loading…