नवनियुक्त नगर प्रहरीलाई  ‘मुस्कान सहितको सेवा ‘ सिकाउँदै इन्स्पेक्टर देऊ 

धरान / इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर देऊ लिम्बुले धरान उपमहानगरमा नवनियुक्त गरिएका  नगर प्रहरीहरूलाई  “नगर प्रहरी आधारभूत तालिम” प्रदान गरेका छन्। प्रहरीले कुन समय बल प्रयोग गर्ने, कुन समय थप जनशक्ति प्रयोग गर्ने? , जनतासँग कसरी सूचना लिने, आफ्नो क्षेत्र अधिकार कति हो? , गोप्य राख्नु पर्ने महत्त्वपूर्ण सूचनाहरूको प्रयोग र  तरिका र बोल्ने प्रयोग गर्ने शब्दावलिहरुबारे र भीड तथा दंगा नियन्त्रण सुरक्षाकर्मिको भूमिका तथा उपाय  ,दर्जानि चिन्ह ,पदीय मर्यादा आदिका बारेमा नगरप्रहरीहरुलाई जानकारी गराएका हुन्।

लोभ लालचमा नगरी कामप्रतिको लगनशिलला र राष्ट्र सेवामा कर्तव्यनिष्ठता  भई “ मुस्कान सहितको सेवा” मा सदाबहार डटेर लाग्नु इन्स्पेक्टर देउले नगर प्रहरीलाई निर्देशन दिएका छन्। नगर प्रहरी ब्यारेक सभागृहमा नगर प्रहरी प्रमुख विष्णु कोइरालाको कमान्डमा नवनियुक्त प्रहरीहरूलाई प्रशासन कार्य, राजश्व तथा सामाजिक सुरक्षा कानुन कार्यान्वयन, लेखाका सिद्धान्त ,भीड नियन्त्रण  सञ्चार संम्बन्धि ,शारीरिक तालिमको अलावा २५ भन्दा बढी सैद्धान्तिक कोर्सका सिलेभर्सहरुमा तालिम भइरहेको इन्स्पेक्टर कोइरालाले जानकारी दिए।

धरान उपमहानगरपालिकामा रिक्त रहेको वारुणयन्त्र सङ्ख्या र नगर प्रहरी जवान पदहरूमा करार सेवामा ११ जना नियुक्ति भएका छन् । सोही नियुक्ति पाएका नगर प्रहरी अहिले तालिम लिइरहेका छन्।

तपाईको प्रतिक्रिया

Loading…