खेलकुद विकास समिति गठन गरिने : मेयर गुरागाई

सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईले नगरमा चाडै खेलकुद विकास समिति गठन गरिने बताउँनु भएको छ । उहाँले तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता उदघाटन गर्दै साे कुरा बताउँनु भएको हाे ।

नगरपालिकाले ऐन बनाएर अघि बढ्ने उल्लेख गर्दै सबै खेलका क्षेत्रमा रहने क्लबहरूलाई यस विषयमा आआफ्नो क्षेत्रमा छलफल चलाउन समेत उहाँले आग्रह गर्नु भयाे । नगरपालिकाले सबैको सूझाबका आधारमा यो गठन गर्ने मेयर गुरागाईले उल्लेख गर्नु भयाे ।

यस्तै खेलाडीलाई व्यवसायीक बनाउन र राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्ने गरि हरेक वर्ष खेलाडी उत्पादन गर्ने गरी खेलकुदलाई व्यवस्थीत गरिने उहाँले उल्लेख गर्नु भएकाे छ ।

मेयर कप फुटसल प्रतियाेगिता आजबाट वडा नम्बर १० मा रहेकाे प्लानेट रिक्रिएसन सेन्टरमा सञ्चालन भएकाे छ । खेलकाे आयाेजक प्लानेट फुटसल रहेकाे छ । सहयाेग सुन्दरहरैँचा नगरपालिकाले गरेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…