धरानको पहिरो निरीक्षण,५ स्थानको माटो सङ्कलन गरी परीक्षणको लागि ‘ईन्टरन्यासनल ल्याब ‘ पठाइयो

धरान / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ डा. रञ्जन दाहालको टोली मार्फत धरानको पहिरोको निरीक्षण भएको छ। वर्षा याममा हुने पहिरो रोकथामको उपाय खोजी गर्दै व्यवस्थापन प्राधिकरणका इन्जिनियर धुव्र तिवारी, सिभिल इन्जिनियर राहुल ठाकुर ,नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला र वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेको संयुक्त रूपमा सो पहिरोको निरीक्षण गरी विभिन्न पहिरो गएका ५ स्थानको माटोको नमुना सङ्कलन भएको उपमहानगरले जानकारी दिएको छ।

पहिरो गएको नजिकका स्थानमा  माटो सङ्कलन गरी परीक्षण गर्नु जियोटेक सोलुसन ईन्टरन्यासनल ल्याब पठाएको इन्स्पेक्टर कोइरालाले जानकारी दिए। पूर्वेली न्युजले    यस विषसमा विज्ञटोलिका डा. रञ्जन सँग कुरा गर्दा उनले भने ‘सो पहिरो जानुको मुख्य कारण आईईई गरेपछि मात्र पत्ता लाग्छ। धरानको माटो कतै सेतो, कतै हिलो,कतै गेगर र कतै राेडा  रहेकाले सो माटो परीक्षण गर्नु लगेका छौ। माटो परीक्षण गरी नमुना रिपोर्टको आधारमा अन्य प्राविधिक परीक्षण गरी पहिरो रोकथामरा अन्य आवश्यक काम गर्ने गरी हामी आज नै काठमाडाैं फर्कियौ।’

धरान २० वडाध्यक्ष पदम बहादुर लिम्बु को उपस्थितमा सालबोटे पहिरो , चिन्डेडाॅडा भ्यु टावर नजिक रहेको टोड्के पहिरोको निरीक्षण भएको थियो । जसमा कोसी प्रोजेक्ट  टावर पनि पहिरो जानुको कारण बनेको विज्ञ टोलीको ठहर छ । प्राधिकरणले समेत टावर व्यवस्थित गर्नु  कोसी प्रोजेक्टलाई प्रचार गर्ने पर्ने स्रोतले जनाएको छ ।

सालबोटे पहिरोबाट आएको नदीजन्य पदार्थ रोडा गिट्टीले खोलाको सतह भन्दा माथि आई धरान १३ र २० जोड्ने नयाँ पुललाई समेत जोखिम निम्त्याएको हुँदा पुललाई बचाउनु आजको आवश्यकता डा. दाहालले भएको बताएका छन्।समयमानै पहिरो व्यवस्थापन गर्नु नसके उपमहानगरले ठुलो क्षति व्यहोर्नु   पर्ने विज्ञ टोलीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading…