मोरङको लेटाङमा अपांगता भएकी युवती बलात्कृत

मोरङको लेटाङमा शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत भएकी छन्। लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवती बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिको छ ।

लेटाङ–९ मा राईको खेती छ । आफ्नै खेतमा रहेको टहरोमा लगेर गत शनिबार राति युवतीलाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित युवतीको दुवै खुट्टा चल्दैन । बोल्न भने सक्छिन् । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बोकेर टहरोमा पुर्याइ राईले बलात्कार प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका बारेमा सोमबार मात्रै जानकारी पाएको हो । परिवारका सदस्यले किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको दुई दिनपछि राईलाई पक्राउ गरेको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…