शनिवार धरानमा अधिकृत सापकोटा ,इन्स्पेक्टर बस्नेत र कोइरालाको छड्के अनुगमन

धरान: नेपाली हरुको महान् चाड वडा दसैँ नजिकिए संगै धरान उपमहानगरपालिका क्षेत्रको सडक अतिक्रमण गर्ने फुटपाथका पसलहरू हटाउन र पार्किङ व्यवस्थित गर्नु सम्बन्धित नियाक लागिपरेका छन्। आज शनिवार धरान-२ को नरेन्द्र पथमा बिहान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला , जिल्ला ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर श्याम कुमार बस्नेत र बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटा बजारको फुटपाथमा पसल थाप्न प्रयोग गरिएको सामाग्री हटाउनका साथै पार्किङ व्यवस्थित गर्नु सचेत गराएका छन्।

भानु चौक देखि पश्चिम नरेन्द्र पथमा व्यवस्थित सब्जिमन्डी भएर पनि फुटपाथमा सडक नै ढाक्ने गरी खाट राखेर, प्लास्टिक टाँगेर पसल थाप्दा र जथाभाबी पार्किङले गर्दा सडकमा सर्वसाधारण आउजाउ गर्न नै समस्या हुने भन्दै स्थानीयवासीले गुनासो गरेपछि भर्खरै सम्पन्न कार्यपालिका बैठकमा समेत फुटपाथ हटाउने निर्णय भएको थियो। अनुगमनमा दर्जनौँ पसलले सडक अतिक्रमण गरेको पाइयो भने अस्तव्यस्त पार्किङ गर्नेहरूलाई सम्झाई बुझाई गरेको पाइयो । पुनः मापदन्ड मिचेमा समान जफत गरिने इन्स्पेक्टर कोइरालाले बताए।

नजिकिँदै गरेको चाड पर्वमा मूल्य ,गुणस्तर, तौल र सेवामा हुने ठगिबाट जोगिन सबै उपभोक्ता वर्गमा अनुरोध गर्दै अधिकृत सापकोटाले भने ‘सडक, सडक पेटी, सार्वजनिक स्थल तथा निषेधित क्षेत्रमा राखिने फुटपाथले सहरको सुन्दरता बिग्रिनुका साथै सडकमा हिँड्न आवतजावतमा समस्या हुन्छ र दुर्घटनाको जोखिम बढाउँछ।’

यस्तै,इन्स्पेक्टर बस्नेतले ठुला ४ पाङग्रे गाडी सब्जी मन्डी भित्र नछिराउन निर्देशन दिएका छन्। यस्तै,बजारमा ध्वनि प्रदूषण गराउने र ठुला आवाज निकाल्ने २ वटा वाई कका कागजपत्र जफत गरी बाहिकको साईलेन्सर फेर्नु बस्नेतले निर्देशन दिए।

तपाईको प्रतिक्रिया

Loading…