धरानमा जिल्ला ट्राफिक कार्यालय सुनसरिको भवनको निर्माणको ‘सार्वजनिक सुनुवाइ ‘ सम्पन्न

धरान / जिल्ला ट्राफिक कार्यालय सुनसरि धरानको जग्गा प्राप्ति तथा भवन निर्माण कार्यकालागि वातावरणीय अध्ययन सम्बन्धी सुझाव संकलन गर्नु सार्वजनिक सुनुवाइ भएको छ । लाङघालि सामुदायिक वन धरान- ८ मा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रम धरान उपमहानगरले आयोजना गरेको हो। कार्यक्रमको परामर्श दाता होमप्लान्स कन्सल्टेन्सी रहेको थियो। वातावरण विज्ञ अस्विन तामाङले वातावरणीय प्रभाव सम्बन्धी कुरा राख्दै BES ( वीईएस) सम्बन्धी जानकारी गराए।

वडा नं ८ का वडाध्यक्ष धनबहादुर कटुवालको अध्यक्षतामा र उपमेयर अईन्द्र विक्रम वेघाको प्रमुख अतिथिमा सो सुनुवाइ कार्यक्रम भएको हो। राजनीति दलका प्रमुख नेपाली काँग्रेस नगर सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका  फोक्वालुङ चोतलुङ, चेतना श्रेङ, जसपाका नगर अध्यक्ष ताजुप लिम्बु, नेकपा एमालेका प्रतिनिधि राजेन्द्र राई, नेकपा समाजवादीका रेवती रमण राई,सुनसरि  उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सागर श्रेष्ठ , वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरे,  जिल्ला ट्राफिक कार्यालय सुनसरिका प्रमुख श्याम कुमार बस्नेत र नेपाल यातायात महासङ्घका उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको उपस्थितमा सो सुनुवाइ भएको हो।

सुनुवाइमा लक्ष्मण दासले जङ्गल क्षेत्रमा खुल्ला दिसा पिसाब हुने भएकाले वातावरणमा असर पर्ने भएकाले  सार्वजनिक शौचालय हुनु पर्ने सुझाव दिए। खड्का विश्वकर्माले पक्राउ परेका गाडी राख्ने ठाउँको पनि जथाभाबी राखेर भवन कुरूप हुने भएकाले अबको कार्यालय व्यवस्थित  तरिकाले बनाउनु पर्ने बताए। चालकहरूलाई रिफ्रेसमेन्ड हुने बस्ने स्थान हुनुपर्ने,पार्किङ एरिया राम्रो हुनुपर्ने, डिजिटल होडिङ्ग बोर्ड हुनु पर्ने आदिका विषयमा छलफल भएको थियो।
धरान -८ को तीनकुनेमा अब नयाँ जिल्ला ट्राफिक कार्यालय सुनसरि धरानको भवन बन्ने भएपछि र भवनको लागी जग्गा उपलब्ध भएपछि सो सुनुवाइ कार्यक्रम भएको हो।

तपाईको प्रतिक्रिया

Loading…