प्रहरीले सुरु गर्यो धरानको भानुचोकमा ‘यात्रु सहायता कक्ष ‘

धरान / धरान -२ को भानुचोकमा ‘यात्रु सहायता कक्ष ‘ को उद्घाटन भएको छ । आज शनिवार बिहान इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी बुद्ध श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख ईन्स्पेक्टपर श्याम कुमार बस्नेत र वडा नं २ का वडाध्यक्ष रमेश राई, नगर प्रहरी प्रमुख विष्णु कोइराला , सुनसरि उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठ र यातायात व्यवसायीको उपस्थितमा सो सहायका कक्षको उद्घाटन भएको हो।

अध्यक्ष राईले भने’ चाडपर्वमा मंहगो भाडा लिने,अपाङ्गलाई गाडी नचढाउने गरेमा र महिला बालबालिकालाई कुनै पनि समस्या परेमा सो कक्षमा बसेका प्रहरीलाई उजुरी गर्नुहोस्। यात्रा सहज ढङ्गले गर्नु पाउने नागरिकको अधिकार हो भन्ने उद्देश्य सो कक्ष सञ्चालनमा ल्याएका हौ।राईले भने। यस्तै ,डिएसपी बुद्ध श्रेष्ठले सो कक्षलाई व्यवस्थित ढङ्गले चलाउने र प्रभावकारी सेवा वितरण गरिने बताए।

तपाईको प्रतिक्रिया

Loading…