धरान / धरानको फोहोर सङ्कलन गर्ने कर्मचारीसँग गत सोमबार बिहान धरान वडा नं १० का अध्यक्ष सँग भएको विवाद टुङ्गो लागेको छ । कर्मचारी एसोसिएसन धरानका अध्यक्ष किशोर अधिकारीले सफाइ चालक राजेश थापा मगर र धरान १० का अध्यक्ष राईबिचको असमझदारीको विषय टुङ्गो लागेको बताए । उनले भने ’दुवै जना मेयर हर्क साम्पाङको कार्यकक्षमा आएर अस्ति जे भयो भयो भनेर दुवै जनाले आफ्नो आफ्नो कमजोरीलाई स्वीकार गरी दुबै जना अङ्कमाल गरी सौहार्दपूर्ण वातावरणमा मिलेर छुटेको उनले बताए ।’
उपमहानगरका ५० वर्षका राजेश थापा मगरले वडाध्यक्ष विवेक राईले अपशब्द बोलेर हातपात गरी कुटपिट समेत गरेको आरोप लगाएका थिए । भने अध्यक्ष राईले सरसफाइकर्मी राजेशले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी साधन कुदाएको आरोप लगाएका थिए । सोमबार मेयर हर्क साम्पाङको कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत , कर्मचारी एसोसियनका अध्यक्ष किशोर अधिकारी सहित ४० भन्दा बढी सरसफाइ कर्मचारीको उपस्थितमा बसेको बैठकले वडाध्यक्षलाई प्रशासनिक कारर्बाहि गर्ने र माफी नमागे सम्म धरान १० को फोहोर नउठाउन मेयरले कर्मचारीलाई निर्देशन दिएका थियो ।
अध्यक्ष राईले सोमबार साँझ ज्वाँई खानामा गरेको पत्रकार सम्मेलनमा सफाइका चालक राजेश थापा मगरलाई हातपात नगरेको प्रस्ट पारे । साथै मेयरको निर्णयमा अध्यक्ष राईले आपत्ति पनि जनाए। उनले सम्मेलनमा भने ‘ एकतिरको कुरा सुनेर मेयर जस्तो मान्छेले यस्तो कुरा गर्नु मिल्छ ? म बाहिर थिए भन्दा भन्दै नपर्खी १० को फोहोर नउठाउने र बाटो नबोलाउने प्रशासनिक प्रक्रियामा जाने भनिएको रहेछ। हाम्रो १० नं वडा चैँ धरान हैन र ?
नगर प्रमुख हर्कराज राईले दिएको अभिव्यक्ति समेत गैर जिम्मेवार रहेको र त्यसलाई सच्याउन म नगर प्रमुखलाई पनि अनुरोध गर्दछु’ पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा लेखेका छन्, ‘गलत काम गर्ने जो कोहीलाई कानुन बमोजिमको कारबाही हुनुपर्छ र सबैले विधिको शासन मान्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
मेयर हर्कले भने ‘अध्यक्ष ज्यु आउनु भयो दुवै तिरको कुरा सुने दुवै पक्षका केही केही कमजोरी रहेछन् । मिल्दा हुने कुरालाई किन लम्बाउने भनेर सो विषय उपमहानगरमा टुङ्गो लगायौ । अब १० नं को फोहोर उठाउन पनि कर्मचारीलाई निर्देशन दियौ । ‘