‘वीर गोर्खा पत्रकारिता पुरस्कार’ पाए सुब्बा, सुवेदी र राईले

धरान / गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार वितरण गरेको छ ।  वीर गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई दिएको हो ।सुब्बा र सुवेदीले पुरस्कार राशि जनही २५–२५ हजार रुपैयाँ  पाएका छन्। भने यस्तै, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पारस राईले पाएका छन् राईले पुरस्कारको राशि २० हजार रुपैयाँ पाएका हुन्। 

सेन्टरका प्रबन्ध निर्देशक प्रेमकुमार राईले गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरेको उनले बताए । उनले अन्यायविरुद्ध साहसका साथ कलम चलाउने, गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पुर्‍याएको योगदान एवम् सामाजिक क्षेत्रमा गोर्खाहरूको सक्रियतालाई उजागर गर्ने, सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मान स्वरूप गत वर्षदेखि पुरस्कार प्रदान गरिँदै आएको बताए । उनले ब्रिटिस आर्मीमा कार्यरत कर्पोरल मण्डल थेबेले वीर गोर्खा पत्रकारिता पुरस्कारको लागि ३० हजार यस्तै, १५ हजार राशिको नवप्रतिभा पत्रकारिता पुरस्कार राशिमा पनि बहराइन आर्मीमा कार्यरत मविन राईले ५ हजार थपिदिने प्रदान गरेका हुन्। 

‘उहाँहरूले गोर्खा भर्तीमा भइरहेको दलाली प्रथा अन्त्यको लागि सुरु भएको अभियानलाई समर्थन जनाउँदै पुरस्कार राशि थप गरिदिने भनेर घोषणा गर्नुभएको छ, हाम्रो यो अभियानले व्यापकता पाउँदै गएको छ,’गोर्खा कम्पनीका प्रबन्ध निर्देशक राईले भने, आउने दिनमा हामी अन्य क्षेत्रका विद्यामा पनि सम्मान गर्ने  छौ । ’

 कार्यक्रम धरान १० को किरात राई  यायोख्यामा भएको थियो ।   कार्यक्रमका प्रमुख अतिथि गोर्खा वेल्फेयर धरानका  अध्यक्ष   क्याप्टेन पूर्ण  प्रसाद लिम्बुले खदा माला लगाएर  ३ जनालाई सम्मान प्रदान गरेका थिए ।  निर्देशक प्रेमले नगद चेक प्रदान गरी उनीहरुलाइृ सम्मान गरेका हुन्।  कार्यक्रम सङ्गीता राईले सञ्चालन गरेका िथिइन्।  प्रमुख अतिथि लिम्बुले  देशमा  पूर्ण रोजगारीको  ग्यारेन्टी नभएकाले नेपाली युवा जनशक्ति भर्ती हुनु परेको बताए ।  यस अघिको पुरस्कार अग्रज पत्रकार हर्ष सुब्बा, मनिता चामलिङ र संजिता धमलाले प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…