केन्द्रीय समितिले दुव्र्यवहार गरेको भन्दै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ उदयपुरले दिए सामूहिक राजीनामा

इटहरी : नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुर जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएका छन् । यसअघि दोस्रो अधिवेशन समेत सम्पन्न गरेको उदयपुर शाखाका कार्यसमितिले नै सामूहिक राजीनामा दिएका हुन् । संस्थामा योगदान पुर्याउने केही व्यक्तिहरूमाथि केन्द्रीय समितिले दुव्र्यवहार गरेको भन्दै सामूहिक राजीनामा दिइएको बताइएको छ ।

केन्द्रीय कार्यसमितिले व्यक्तिविशेष गतिविधि गरेको र जिल्ला शाखालाई नसमेटेका कारण आफूहरूले राजीनामा दिएको जिल्ला अध्यक्ष ताराप्रसाद चौधरीले बताए । केन्द्रीय पदाधिकारीलाई सच्चिने अवसर दिएपनि व्यक्तिगत स्वार्थ त्यागेर आयुर्वेद व्यवसायीहरूको हकहितमा काम नगरेकाले राजीनामा दिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading…