सुन्दरहरैंचाका नगर प्रमुख गुरागाईंद्वारा साविक सुन्दरदुलारी नपाकाे कार्यालयबाट समेत सेवा दिने निर्णय

सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले हप्ताकाे २ दिन वडा नम्वर ४ काे कार्यालयबाट सेवा दिने बताएका छन्। नगर प्रमुख गुरागाईंले एक कार्यक्रमका बिच यस्तो निर्णय गरेका हुन् । भाैगाेलिक रुपमा माेरङ जिल्लाकै ठूलाे नगरपालिका भएकाले नगरवासीलाई सहज हाेस् भनेर वडा नम्बर ४ काे कार्यालयबाट बुधबार र शुक्रबार गरि २ दिन सेवा दिन लागेकाे नगर प्रमुख गुरागाईंले उल्लेख्य गरे ।

साविक काेशीहरैंचा तथा सुन्दरदुलारी गरि दुई वटा नगरपालिका मिलेर एउटा बनेकाे देशकै एकमात्र नगरपालिकाकाे रुपमा सुन्दरहरैंचा रहेको छ । सुन्दरहरैंचा नगरपालिकाकाकाे प्रशासनिक कार्यालय साविक काेशीहरैंचा नगरपालिकाकाे विराटचाेकमा रहेकाे छ ।

अबदेखि हप्तामा दुई दिन साविक सुन्दरदुलारी क्षेत्रमा पर्ने ४ नम्बर वडाबाट पनि सेवा दिन लागिएकाे हाे। यसबाट साविक सुन्दरदुलारी नगरपालिकाका सेवाग्राहीलाई पनि सुविधा हुने भएको छ । सुन्दरहरैंचा नगरपालिका ठूलो पालिका भएकाले सबै जनतालाई सहज होस भनेर आइतबार,सोमबार ,मंगलबार, बिहीवार बिराटचोक र बुधबार ,शुक्रवार दुलारीबाट नगरप्रमुखले कार्यसम्पादन गर्ने तयारी गरिएको हाे।

तपाईको प्रतिक्रिया

Loading…