स्रष्टा सम्मान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / सुनसरीकाे इटहरी स्थित गोर्खा होटलको सभाहलमा स्रष्टा सम्मान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

डियर कल्याण साहित्य प्रतिष्ठानकाे आयाेजनामा कार्यक्रम भएको थियाे।कार्यक्रममा साहित्यकार ईरान राई , सरला चापागाईँलाई सम्मानपत्रका साथमा विशेष सम्मान गरिएको थियाे । कार्यक्रममा चर्चित कविहरू भरत गुरागाईँ बर्बरिक, टीका आत्रेय , रेखा सुवेदी , मीनकुमार नवोदित तथा केवश रिमाल लगायतले आफ्ना उत्कृष्ट कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा कविहरूका कविताले हल गुञ्जयमान बनेको थियो।कविहरूको सम्मानका लागि प्रमाण पत्र आयाेजक संस्थाले प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पूर्व सभासद खेम नेपाली थिए । कार्यक्रमको समीक्षा अतिथि, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेलले कलात्मक सुन्दर ढङ्गले प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजक पूर्वाञ्चल डेन्टल हास्पिटलका संरक्षक झरना न्यौपाने रिमालले गरेकी थिइन् ।


कार्यक्रममा पूर्व मेचीदेखि पश्चिममा सुनसरी साथै इनरूवा,धरान, धनकुटा,विराटनगर बेलबारी ,केराबारी जेफाले,दुहबी,पथरी झोरहाट, रंगेली सम्मका साहित्यप्रेमी स्रष्टाहरूकाे बाक्लो उपस्थिति रहेको थियाे । कार्यक्रमको सभापतित्व विनोद विवशले गरेको थिए। कार्यक्रम लीला अनमोलकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया

Loading…