हिडौ धरान अभियानले गर्यो पिण्डेश्वर मन्दिरमा सरसफाइ

धरान / स्वास्थ्यका लागि हिडौ धरान अभियानले सोमबार पिण्डेश्वर मन्दिर क्षेत्रमा सरसफाइ गरेको छ । पिण्डेश्वर मन्दिरमा साउनमा प्रत्येक सोमबारको दिन बोलबममा भक्तजनहरु जल चढाउन आउने गरेका छन् ।

भक्तजनहरुको भिडका कारण मन्दिर क्षेत्र आसपासमा थुपारिएको फोहोर मैला हिडौ धरान अभियानले सरसफाइ गरेको हो । हिडौ धरान अभियानका सचिव ज्ञानेन्द्र बस्नेतको नेतृत्वमा १६ जना युवाहरुले मन्दिर क्षेत्रको सरसफाइ गरेका थिए । मन्दिर क्षेत्र दुर्गन्धित हुनबाट जोगाउनका लागि सरसफाइ गरिएको अभियानका सदस्य कुमार भारतिले बताए ।

मन्दिर क्षेत्र सरसफाइ गर्ने हिडौ धरान अभियानका युबाहरुलाइ पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष बिकास बनेपाली, सुनिल अग्रवाल, सुशील सुवेदी लगायतले धन्यवाद दिएका थिए ।

स्वास्थ्यका लागि हिडौ धरान अभियानले प्रत्येकदिन दुई घण्टा पैदल हिडने अभियान संचालन गरेको छ । सोमबार पिण्डेश्वर मन्दिरमा ५ हजार बढी भक्तजनले जल चढाएको समितिका सुशील सुवेदी ले बताए । आज साउनको तेस्रो सोमबार रहेको छ। भारी वर्षातका कारण भत्तजनहरुमा केही समस्या आएको छ।

तपाईको प्रतिक्रिया

Loading…