इटहरीको बजेट २ अर्ब, १८ करोड : घरबाट घाटसम्म शववहान सेवादेखि करमा छुटैछुट (पूर्ण पाठ सहित)

इटहरी / इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको छ । उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलको सभापतित्वमा सम्पन्न उपमहानगरको ११ औँ नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर चौधरीले अघिल्लो आर्थिक बर्षभन्दा ६१ लाख रुपैँया बढिको बजेट प्रस्तुत गरेकी हुन् ।

शुक्रबार ११ औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि पेस गरिएको बजेटमध्ये संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदान ४ करोड ५० लाख र संघीय विशेष अनुदान ९ करोड प्राप्त हुने अनुमान गरिएको छ । बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधारमा खर्च गरिने उल्लेख छ। भौतिक पूर्वाधारबाहेक स्वास्थ्य, शिक्षा, कृषि, पशुविकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायतलाई समेटिएको उपप्रमुख संगीता चौधरीले बताइन् ।

यसैगरी इटहरी उपमहानगरले शवदाह स्थलको यथोचित विकास गर्ने र घरदेखि घाट सम्म कार्यक्रम लागू गरी नगरले आफ्नै खर्चमा २ वटा शव वहान खरिद गर्ने नीति सार्वजनिक गरेको छ । त्यस्तै नगरपालिकाको बजेट नीतिमा व्यवसाय दर्ता भएका कुनै पनि व्यक्ति, फर्म संघसंस्था वा निकायले आर्थिक वर्ष २०७८-०७९ सम्म लाग्ने व्यवसाय कर विभिन्न कारणले बुझाउन बाँकी रहेको भएमा त्यस्ता करदाताले आर्थिक वर्ष २०७४-०७५, २०७५-०७६, २०७६-०७७ र २०७७-०७८ मा लाग्ने कर २०७९ साल पौष मसान्तभित्र बुझाएमा सो मा लाग्ने थप शुल्क, दस्तुर, व्याज, जरीवाना मिनाहा गरिने उल्लेख गरिएको छ ।

एसियाली विकाश बैङ्क र इटहरी उपमहानगरपालिकाको साझेदारी हुने भएको छ । पूर्वी सहरी करीडोर कार्यक्रम अन्तरगत सडक, आधुनिक बसपार्क, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य लगायतका महत्त्वपूर्ण परियोजनाहरू सञ्चालन हुने भएका छन् । नीति कार्यक्रम तथा बजेटकाे पूर्णपाठ :

तपाईको प्रतिक्रिया

Loading…