सुन्दरहरैंचा नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता

सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा शिक्षा नितिलाइ विशेष प्राथमिकतामा राखेको छ । सुन्दरहरैंचा नगरपालिकामा ३६ वटा सामुदायिक तथा ४६ वटा निजि विद्यालयहरु सच्चालनमा रहेका छन् ।

जस अन्तर्गत सुन्दरहरैंचामा बाल विकास केन्द्रमा ४ हजार ८ सय ६७ विद्यार्थीहरु तथा कक्षा १ देखि ५ सम्म १२ हजार ५ सय ७५ विद्यार्थीहरु अध्यायरत रहेका छन्। तेसै गरि कक्षा ६ देखि ८ सम्म ७ हजार १ सय ४९ कक्षा ९ देखि १० सम्म४ हजार ५ सय ९१ तथा कक्षा ११ देखि १२ सम्म ३ हजार १ सय ९२ विद्यार्थी अध्यायरत रहेका छन् ।

सामुदायिक तथा निजिमा गरि जम्मा करिव ३२ हजार ३ सय ७४ विद्यार्थी अध्यायनरत रहेको साथै जसमा छात्रा १५ हजार ६ सय ७४ र छात्र १६ हजार ७ सय रहेका छन् । सुन्दरहरैंचा नगरपालिकामा पूर्वाञ्चल विश्व विद्यालय समेत अवस्थित रहेको छ । यस नगरमा सुकुना बहुमुखी क्याम्पसकाे महत्त्वपूर्ण स्थान छ । सुन्दरहरैचा नगरपालिकाले शिक्षानितिमा २५ वटा कार्यक्रम अघि सारेकाे छ ।

के कस्ता छन् सुन्दरहरैंचा नगरपालिकाले अघि सारेका शिक्षासम्बन्धी नितिका कार्यक्रमहरु ?

१. आधारभूत विद्यालयलाई मुख्य प्राथमिकतामा राखेर प्रत्येक आर्थिक वर्षमा कम्तीमा २ ओटा आधारभूत सामुदायिक विद्यालयलाई नमुना आधारभूत विद्यालयको रूपमा विकास गर्दै ५ वर्षभित्रमा सबै वडामा कम्तीमा एक नमुना आधारभूत विद्यालय निर्माण गरिने तथा सुधारका लागि आवश्यक काम गरिने

२. शिक्षासम्बन्धी कानुन निर्माण गरी नगरभित्रका शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरिने,

३. नगर शिक्षा समितिको गठन गरी शैक्षिक सुधारका लागि व्यवस्थापन समितिलगायत समग्र शिक्षा प्रणाली सुधारका लागि आवश्यक निर्णय लिइने,

४. विद्यालयको चल अचल सम्पत्तिको एकीकृत लगत सङ्कलन गरी अभिलेखीकरण गरिने,

५. सार्वजनिक विद्यालयहरूको क्षमता विकास गरी सार्वजनिक विद्यालयप्रति विद्यार्थीको आकर्षणलाई बढाइने,

६. सामुदायिक शिक्षालाई प्रविधिमैत्री, गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाइने, विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बाल विकास तथा आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पुयाइने तथा नगरभित्र सञ्चालित बालविकास केन्द्रको स्तरउन्नति गरिने

७. आधारभूत तथा माध्यमिक विद्यालयको शिक्षालाई थप गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी बनाउन नगरभित्रका सेवानिवृत्त शिक्षक तथा कर्मचारीहरूको विषयगत अभिलेख तयार गरी उनीहरूलाई नगरको शिक्षा क्षेत्रको विकासका लागि विज्ञका रूपमा उपयोग गर्ने नीति अवलाेकन गरिने ।

८.विद्यालयहरूको पर्याप्त कोठा पुस्तकालय र विज्ञान तथा कम्प्युटर प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, तालिमप्राप्त शिक्षकमार्फत् अध्यापन गराइने,

९.बालबालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण, बालिका छात्रवृत्तिको व्यवस्था, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने,

१०. नगरक्षेत्रका नागरिकहरूलाई साक्षर बनाई पूर्ण साक्षर नगर बनाउन प्रौढ शिक्षा कार्यक्रम र साक्षरोत्तर कार्यक्रम सञ्चालन गरिने,

११. सामुदायिक विद्यालयमा अध्ययनरत उत्पीडित असाहय, सीमान्तीकृत तथा आर्थिक अवस्था कमजोर भएका अल्पसङ्ख्यक तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिने,

१२. नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने ।

१३. पूर्वको पहिचानको रूपमा रहेको सुकुना बहुमुखी क्याम्पसलाई विकास र विस्तार गरी अनुसन्धान केन्द्रको रूपमा विकास गरिने ।

१४. सबै सामुदायिक विद्यालयहरूमा आवधिक रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, खानेपानी विद्युत् तथा इन्टरनेटको सुनिश्चितता गरी शिक्षक कर्मचारीको इ हाजिरी लागू गरिने।

१५. सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा स्काउट कक्षा सञ्चालन यसै आर्थिक वर्षबाट चार ओटा सामुदायिक विद्यालयका स्काउटमा आबद्ध विद्यार्थीहरूलाई पोशाक उपलब्ध गराइने,

१६. संस्थागत विद्यालयहरूको वर्गीकरण गरी व्यावहारिक तथा वैज्ञानिक शुल्क प्रणाली लागू गर्ने तथा नियमन र व्यवस्थापन गर्न सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने,

१७. संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत तर्फका शिक्षक र कर्मचारीहरूलाई श्रम ऐनमा व्यवस्था भए बमोजिमको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल गरिने,

१८. नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा पहिचान तथा प्रस्फुटनका निमित्त वार्षिक रूपमा अतिरिक्त क्रियाकलापहरू समेट्ने गरी सुन्दरहरैँचा खेल मेला ( सुन्दरहरैँचा स्पोर्ट्स मिट) सञ्चालन गरिने,

१९. नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा इएमआइएस लागू गरी शैक्षिक तथ्याङ्कलाई सुदृढ तथा प्रभावकारी बनाइने,

२०. पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज र ३ सय बेडको अस्पताल सञ्चालन गर्न पहल गर्ने,

२१. वृन्दावन गौशाला तथा शेषनारायण दिव्य धामका साथै धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय पहिचान बोकेका नगरभित्रका सबै गुरुकुल, गुम्बा तथा मदरसामा उपयुक्त शिक्षा सञ्चालन गर्न पहल गर्ने,

२२. सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालन गरी पूर्ण खोपयुक्त विद्यालय निर्माण गर्ने नीति लिइने।

२३. प्राविधिक जनशक्ति उत्पादनका लागि सङ्ख्या र प्रकृतिको अध्ययन गरेर नगरपालिकाले आवश्यक छात्रवृत्तिमार्फत जनशक्ति उत्पादन गरी नगर क्षेत्रभित्र सेवामा लगाउने,

२४. प्रणामी मन्दिर सुन्दरहरैँचा –९ मा सञ्चालित अनाथालयमा रहेका बालबालिकाहरूका लागि शिक्षा तथा पोषणका लागि सहयोग गर्ने,

२५. विभिन्न विद्यायल, विश्वविद्यालय, प्रतिष्ठान तथा शैक्षिक केन्द्रहरूमा स्थानीय छात्रवृत्ति कोटा थपका लागि आवश्यक व्यवस्था मिलाउने लगायतका शिक्षा सम्बन्धित नितिका कार्यक्रमहरु रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading…