सुन्दरहरैंचा नगरपालिकाकाे स्थानीय मिडियालाई समेटने के कस्ता छन् नीति तथा कार्यक्रमहरु ?

सुन्दरहरैंचा / सुन्दरहरैँचा नगरपालिकाको दशाैं नगरसभा अन्तर्गतकाे बार्षिक नीति तथा कार्यक्रममा संचार क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमा प्रोत्सान गरिने नगर प्रमुख केदारप्रसाद गुरागाईंले उल्लेख गरेका छन् ।

तेसै गरि नगर प्रमुख गुरागाईंले नगर भित्रका रेडियो, पत्रपत्रिका अनलाइनहरुका साथै सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गरिने भनी सार्वजनिक गरेका छन् । स्थानीय संचारमाध्यमहरुको कार्यसम्पादन र प्रभावकारिताको आधारमा साझेदारीको नीति अवलम्वन गरिने उल्लेख गरिएको छ ।
साथै सूचना प्रविधिसँग सम्बन्धित तालिम, सेमिनार, अध्ययन अवलोकन लगायतका प्रवर्द्धनात्मक विषयहरुलाई सरोकारवाला निकायहरुसँग समन्वयन गरी संचालन गरिने बताइएको छ ।संचार क्षेत्रको संस्थागत विकासका लागि संचार क्लव, मिडिया हाउस” र “संचारग्राम” स्थापनाको लागि आवश्यक गृहकार्य गरिने भनिएको छ ।पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम, पत्रकारिताको मध्यमबाट अनुसन्धनात्मक लेखका निम्ति लेखनवृत्ति (फेलोसिप), सन्देशमुलक सुचना सामाग्रीको निर्माण तथा विकास गर्ने कार्य गरिने दशाै नगरसभामा उल्लेख गरिएको छ।
नगरपालिकाबाट सम्प्रेषण हुने लोक कल्याणकारी सूचनाहरु प्रकाशन गर्दा स्थानीय सञ्चारमाध्यमलाई प्राथमितामा राखिने भनी बताइएकाे छ।

मिडिया क्षेत्रकाे हित विकास तथा व्यावसायिक पत्रकारिताकाे खाँचाे समाजमा अत्यन्तै भएकोले नगरले जमिन र संचारग्रामकाे कार्यविधि निर्माण गरेर उचित बजेट सहितकाे कार्यक्रम र याेजना ल्याउँन जरुरी भएको रेडियो सुसेलीका प्रबन्ध निर्देशक बाबुराम निराैलाले जानकारी दिए । साथै नगरपालिकाले मिडियाकाे प्रबद्वनका लागि राखेकाे निति तथा कार्यक्रम व्यावहारमा लागू हुने नहुने भन्ने बारेमा हेर्न र महसुस गर्न भने बाँकी रहेको स्थानीय सञ्चारकर्मीकाे धारणा रहेको छ । हाल नगरमा करिव एक दर्जन जति सञ्चारकर्मीहरु उत्पादन भएका छन् भने केहि मिडिया हाउस समेत संचालनमा रहेका छन्। सुन्दरहरैंचा नगरपालिकाका केही सञ्चारकर्मीले स्थानीय स्तरमा लामाे समय देखि कलम चलाउँदै अहिले राष्ट्रिय मिडियामा पनि सहभागिता जनाएर व्यावसायिक रुपमा पत्रकारिता गरिरहेका छन् ।

सुन्दरहरैंचा नगरपालिकाले पहिलाे कार्यकाल पूरा भएर दाेस्रो कार्यकालकाे स्थानीय सरकार आउँदा पनि कुनै पनि आधिकारिक सञ्चारकर्मीलाई अहिले सम्म प्रेस संयाेजकमा नियुक्त गर्न भने सकेको छैन् । अन्य छिमेकी पालिकाले भने अघिल्लो स्थानिय सरकारकाे पाला देखि नै स्थानीय सन्चारकर्मीलाई प्राथमितामा राखेर प्रेस संयाेजक नियुक्त गरि सत्य तथ्यमा रहेर सक्रिय पत्रकारिता गर्ने विभिन्न सञ्चारकर्मीलाई पुरस्कार तथा प्राेत्साहनकाे विविध कार्य समेत गर्दै आएकाे छ। स्थानीय स्तरकाे विज्ञापन तथा सुचना स्थानीय सञ्चारकर्मीले पाउँनु पर्ने तथा स्वतन्त्र पूर्वक सत्यतथ्यमा रहेर समाचार लेख्न र बाँच्न पाउँने अधिकार सञ्चारकर्मीलाई भएको हुँदा यसकाे हित र विकासका लागि नगरपालिकाकाे भूमिका महत्त्वपूर्ण हुने स्थानीय सञ्चारकर्मी एल एन गच्छदारले बताए ।

तेसै गरि आधिकारिक निकायबाट मान्यता नपाएको केही मिडियाले समाजमा सत्य तथ्य भन्दा बाहिर रहेर कसैकाे मान प्रतिष्ठामा असर पर्ने गरि एकतर्फी हिसावले विना स्रोत र आधिकारिक जानकारी बिना कसैकाे आडमा परेर समाचार लेखेर समाजमा भ्रम र खलबलकाे अवस्था सिर्जना गरि पत्रकारिता क्षेत्रकाे बदनाम गरेर अरुकाे चरित्र हत्या हुने किसिमकाे कार्य समेत गर्ने गरेको भनी समाजिक सन्जाल तथा व्यक्तिगत प्रतिकृया मार्फत यदाकदा पछिल्लो समयमा कुरा समेत चल्ने गरेको छ । यस तर्फ नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा सम्बन्धित निकाय सचेत रहन जरुरी छ । सुन्दरहरैंचा नगरपालिका वडा न. ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले पत्रकारिता जगत निष्पक्ष , स्वतन्त्र तथा आबाज विहिनकाे आवाज हुनु पर्ने जानकारी दिए । उनले समय अनुसार पत्रकारिता पेशा परिमार्जन हुन जरुरी रहेकोले क्षणिक रुपमा भन्दा लामाे समय सम्म निरन्तर रुपमा सत्य तथ्य रुपले कलम चलाएर अघि बढ्ने सञ्चारकर्मी तथा मिडिया हाउसकाे समाजमा महत्त्वपूर्ण भूमिका हुने बताए ।

तपाईको प्रतिक्रिया

Loading…