सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकाले दशाै नगर सभाकाे क्रममा आगामी आर्थिक वर्ष २०७९\०८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । सुन्दरहरैंचा नगरकार्यपालिकाकाे आयाेजनामा वडा न. ४ काे सिग्देल बन्धु प्रतिष्ठानमा कार्यक्रम भएको थियाे । नगरप्रमुख केदारप्रसाद गुरागाईँले नगरसभामा चालू आ. व. काे नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाँउदा खुसि लागेको बताए । उनले २१ पेज लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सुशासन, सहभागिता, समृद्ध नगर र सुखी नगरवासी नाराका साथ दीर्घकालीन सोच राखी रणनीतिका आधारमा नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख गुरागाईँले बताए । विभिन्न संकल्प आएको नीति तथा कार्यक्रमको लक्ष्य समृद्ध नगर र सुखी नगरवासी रहेको बताइएको छ ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका विभिन्न उद्देश्य रहेका र विभिन्न वडा क्षेत्रलाई प्राथमिकता दिई बजेट निर्माण गरिएको उनले जानकारी दिए । नगरपालिकाले स्थानीय सामाजिक विकाससम्बन्धी नीति, आर्थिक
विकाससम्बन्धी नीति, पूर्वाधार विकाससम्बन्धी नीति, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति, सुशासन तथा संस्थागत विकाससम्बन्धी नीति गरेर ५ वटा मूलभूत नीति तथा कार्यक्रम अघि सारेको छ । स्थानीय सामाजिक विकास सम्बन्धी नीतिमा शिक्षासम्बन्धी नीति, स्वास्थ्यसम्बन्धी नीति, खानेपानी तथा सरसफाइ सम्बन्धी नीति र युवा तथा खेलकुद सम्बन्धी नीति अघि सारिएको छ ।
आर्थिक विकास सम्बन्धी नीतिअन्तर्गत कृषि, पशु विकास र सिँचाइ सम्बन्धी नीति, पर्यटन सम्बन्धी नीति, उद्योग, सहकारी तथा वैदेशिक रोजगार सम्बन्धी नीतिलाई नगरपालिकाले अंगीकार गर्ने भएको छ । पूर्वाधार विकास सम्बन्धी नीतिमा भौतिक पूर्वाधार नीति, सञ्चार, विद्यतु तथा ऊर्जा नीति अघि सारिएको छ ।
वातावरण तथा विपत् व्यवस्थापन अन्तर्गत वन, वातावरण, भू संरक्षण, जलवायु परिवर्तन, अनुकूलन सम्बन्धी नीति, विपत् व्यवस्थापन सम्बन्धी नीतिलाई समेटेर कार्यक्रम ल्याउने भएको छ । सुशासन तथा संस्थागत विकास सम्बन्धी नीतिअन्तर्गत विभिन्न ३२ वटा नीतिका आधारमा कार्यक्रम अघि बढाइने नगरप्रमुख गुरागाईँले बताए । नगर प्रमुख गुरागाईंले स्थानीय तहकाे दाेस्रो कार्यकालकाे पहिलाे नगरसभा भएकोले सुन्दरहरैंचाकाे पहिचान : सुशासन र समृद्धिकाे अभियान सार्थक हुनेछ भने। उनले नपाले लिएकाे साेच लक्ष्य उदेश्य र प्राथमिकताकाे क्षेत्रलाई प्रस्तुत गरेका थिए ।
नगरसभाकाे कार्यक्रममा शिक्षा सम्बन्धित नीति प्रस्तुत भएको थियाे । जसमा पूर्वकाे पहिचानकाे रुपमा रहेको सुकुना बहुमुखी क्याम्पसलाई विकास र विस्तार गरि अनुसन्धान केन्द्रकाे रुपमा विकास गरिने उल्लेख गरिएको छ ।पर्यटन सम्बन्धि नीतिमा बाघझाेडा देखि हसिना सम्मकाे क्षेत्रलाई पर्यटकीय कडिडाेरका निर्माणका लागि पहल गरिने छ ।साथै नगर सभामा नगरपालिकाबाट सम्पेषण हुने लाेक कल्याणकारी सुचना प्रकाशन गर्दा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ।