सुन्दरहरैंचामा छिमेकी बिच बिबाद हुँदा एक पुरुष घाइते

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा २ मा छिमेकी बिच बिबाद उत्पन्न हुँदा २८ बर्षका प्रबिण अधिकारी घाइते भएका छन् । पैनीको सिमाना बिषयमा ४५ बर्षका शेरबहादुर कार्की तथा अधिकारी बिच विवाद उत्पन्न भएको थियाे ।

बिबाद भएर झगडा हुँदा अधिकारी घाइते भएर अचेत अवस्थामा रहेका छन् । कार्कीले अधिकारी उपर जाइलागेको प्रत्यक्षदर्शीले बताएका छन् । कार्कीलाई इलाका प्रहरी कार्यालय हरैंचाबाट खटी आएकाे टाेलीले नियन्त्रणमा लिएकाे छ ।

कुटपिटका कारण घाइते भएर अचेत अवस्थामा रहेका अधिकारीलाई उपचारका लागि बिराटनगर लगिएको वडाध्यक्ष विवष प्रधानले बताए ।

तपाईको प्रतिक्रिया

Loading…