यस्ताे छ सुन्दरहरैंचामा उम्मेद्वारी दिने प्रमुख पदकाे नामावली

सुन्दरहरैंचा / स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दिनेहरुको अन्तिम नामावाली निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाले सार्वजनिक गरेको छ । कार्यालयका अनुसार सुन्दरहरैँचा नगरपालिकामा ३ सय १३ जनाले उम्मेद्वारी दिएका छन् ।

जसमा ११ मेयर, ८ उपमेयर र ७१ जना वडाध्यक्षको उम्मेदवारी दर्ता भएको साथै बाँकी वडा सदस्यका उम्मेद्वार रहेकाे निर्वाचन अधिकृतकाे कार्यालय सुन्दरहरैंचा नपाका कम्प्युटर अपरेटर बाबुराम भट्टराईले जानकारी दिए । मेयर पदमा निवर्तमान मेयर शिवप्रसाद ढकाल सहित ११ जनाले उम्मेद्वारी दिएका छन् ।

सुन्दरहरैंचामा यी हुन् मेयर पदका उम्मेद्वारहरु

१. कमल अधिकारी स्वतन्त्र
२. कविराज पोखरेल स्वतन्त्र
३. कृष्णदेव राई मंगोल नेशनल अर्गनाइजेशन
४. केदारप्रसाद गुरागाईँ नेपाल कम्युनिष्ट पार्टी एमाले
५. जीवन बस्नेत स्वतन्त्र
६. टीकाराम गौतम स्वतन्त्र
७. पर्शुराम घिमिरे नेपाल समावेशी पार्टी
८. प्रकाश भट्टराई स्वतन्त्र
९. रामबहादुर खत्री राष्ट्रिय प्रजातन्त्र पार्टी
१०. शिवप्रसाद ढकाल नेपाली कांग्रेस
११. हेमन्तकुमार भट्टराई विवेकशील साझा पार्टी

सुन्दरहरैंचामा यी हुन् उपमेयरमा उम्मेद्वारी दिनेहरु

१. अकली चौधरी – नेकपा एमाले
२. कमलादेवी अधिकारी – स्वतन्त्र
३. नवराज चापागाईँ – नेकपा माओवादी केन्द्र
४. महेश आचार्य – नेकपा एकीकृत समाजवादी
५. मानबहादुर सार्की – स्वतन्त्र
६. सन्ध्या दाहाल -विवेकशील साझा
७. सानी राई मंगोल – नेशनल अर्गनाइजेशन
८. सुमित्रा बस्नेत – राष्ट्रिय प्रजातन्त्र पार्टी

तपाईको प्रतिक्रिया

Loading…