गाँउ उज्यालो बनाउन निजि खर्चमा सडक बत्ति जडान

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० स्थित बाल प्रतिभा माविका प्रिन्सिपल गणेशप्रसाद दाहालले आफ्नो निजि लगानीमा सडक बत्तिहरु जडान गरेर छन् । प्रिन्सिपल दाहालले खोर्सानेको प्रतिभा मार्गमा ५० वाटका ९ वटा सडक बत्तीहरु जडान गरेर पूरै टोन नै रातको समयमा उज्यालो बनाउँने उदाहरणीय काम गरेका हुन् ।

मासिक रुपमा रु ५ हजार बराबरको विद्युत बिल भुक्तानी आफ्नो निजि खर्चबाट गर्दै आएको प्रिन्सिपल दाहालले बताए । उनले यो कार्य विगत केही महिना देखि शुरु गरेर सधै भरिका लागि समाजसेवाका रुपमा गर्ने उल्लेख गरेका छन् ।

विगत लामो समय देखि सुन्दरहरैंचाको खोर्सानेमा सञ्चालनमा आएको बाल प्रतिभा माविका प्रिन्सिपल दाहाल शिक्षासेवीका साथमा समाजसेवामा समेत सक्रिय छन् । उनले रातको समयमा सबैको सुविधाको लागि सडक बत्तिहरु आफ्नो निजि खर्चमा जडान गरेर राम्रो काम गरेको स्थानिय बलराम काफ्लेले बताए । स्थानीय सरकारले गर्नु पर्ने काम प्रिन्सिपल दाहालले गरेर शिक्षाको ज्योति सँगै रातको समयमा सडक बत्तिबाट टोलै उज्यालो बनाउँने महत्त्वपूर्ण काम गरेकोमा स्थानीयहरु समेत यतिखेर प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…