आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी अध्यक्षमा गुरुङ

सुनसरी / रामधुनी नपाकाे थारु संग्रहालयमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज)सुनसरीकाे तेस्रो अधिवेशनले नवीन गुरुङकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनको बन्दसत्रले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा चाम्लिङ, सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी चयन भएका छन् ।

तेसै गरि सदस्यहरुमा मौसमी लिम्बु, बसन्त बान्तावा, विश्व राई, रश्मी प्रधान, स्वर्णीम फोम्बो र कमला चौधरी चयन भएका छन् । अधिवेशनकाे निर्वाचन मण्डल संयोजकमा गोपाल देवान रहेका थिए । बाँकी २ सदस्यकाे चयन गर्ने अधिकार कार्यसमितिलाई दिइएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…