हेलिकोप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट / सुत्केरी हुन नसकेर समस्यामा परेकी जगदुल्ला गाउँपालिका- २ काइगाउँकी १९ बर्षीया पुतली रोकायको उद्धार गरी प्रदेश अस्पतालमा ल्याइएको छ ।

१८ पुसदेखि सुत्केरी ब्यथा लागेर पनि बच्चा पाउन नसकेपछि उनलाई नेपाली सेनाको पश्चिम कमाण्ड हवाइ कार्यालयबाट गएको हेलिकोप्टरले उद्धार गरेकाे जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । राष्टपति उद्धार कोषमार्फत रोकायको उद्धार भएको हो ।

तपाईको प्रतिक्रिया