सुन्दरहरैंचा / सानै उमेर देखि गम्भीर विरामी क्यान्सर भएर २ बर्ष देखि भारतमा उपचारकाे क्रममा रहेकी सुन्दरहरैंचाकाे सिद्वार्थ स्कुलकाे कक्षा २ मा अध्ययन गर्दै आएकी प्रिस्का पराजुलीकाे परिवारलाई आर्थिक सहयाेग जुटेकाे छ । सिद्धार्थ स्कुलद्वारा उपचार सहयोगका लागि विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बिरामी नानीको हजुरबुवा भीमबहादुर चौहानलाई रु. १ लाख ५६ हजार ९ सय ६० रुपैयाको चेक हस्तान्तरण गरेका छन् । जसमा विद्यार्थीबाट सङ्कलित १ लाख २ हजार २ सय तथा अभिज्ञा आचार्य कक्षा ४ ले आफ्नो गुन्युचोली कार्यक्रम नगरी ५ हजार प्रदान गरेकी छिन । महिमा सम्बाहाम्फे कक्षा २ ले साइकल किन्न जम्मा गरेको रकम ५१ सय तथा अभिनव बस्नेत कक्षा १० ले नेपाल जेसिजद्वारा आयोजित राष्ट्रिय स्तरको वक्तृत्वकलामा प्रथम स्थान हासिल गरेकोमा ५ हजार प्रदान गरेका हुन् । साथै विद्यालयका शिक्षक कर्मचारीबाट रु. ४३ हजार ७ सय ६० रुपैया तथा विद्यालयबाट रु. ११ हजार प्रात्त भएर विरामी नानीकाे परिवारलाई हस्तान्तरण गरिएको विद्यालयका सहायक प्रिन्सिपल जेवि थुलुङले जानकारी दिए ।
प्रिस्का पराजुलीको उपचार सहयोगार्थ स्वस्फूर्त रुपमा रकम सङ्कलन गरी छिमेकी श्री इन्द्रपुर इङलिस स्कुलका क्याप्टेन समूहद्वारा शिक्षक विमल बिष्टको नेतृत्वमा विद्यालयमा नै उपस्थित भई सिद्वार्थ स्कुलका प्रिन्सिपल बस्नेतको समुपस्थितिमा प्रिस्काकी हजुरबुवा भीमबहादुर चौहानलाई रु. १५ हजार १ सय प्रदान गरिएको सहायक प्रिन्सिपल थुलुङले बताएका छन् ।
पिडित परिवारकाे लागि सिद्वार्थ स्कुलबाट समेत रकम संकलन भएको तथा थप सहयाेगकाे लागि समेत आवह्नान गरिएको प्रिन्सिपल बस्नेतले बताए । सानी विद्यार्थी नानी प्रिस्काकाे अवस्था हाल सुधारउन्मुख भए पनि लामाे समय देखि उपचारकाे क्रममा रहदा अहिले परिवारमा चरम आर्थिक समस्या भएको विद्यालयका सहायक प्रिन्सिपल थुलुङले जानकारी दिए । कसैलाई सहयाेग गर्न मन भए खुल्ला दिलबाट मानवीय नाताले सम्पर्क गरि सहयाेग गर्न आग्रह गरिएको छ । अझै प्रिस्काकाे उपचारका लागि परिवारलाई ठूलाे धनराशिकाे आवश्यता परेको विरामी नानीको हजुरबुवा भीमबहादुर चौहानले बताए । उनले उपचारकाे लागि परिवारकाे चलअचल सम्पति सबै सकिएकाे उल्लेख गरेका छन् ।