राजनीति र समाजसेवामा याेगदान पु-याएका थापा काँग्रेस मोरङ उपसभापतिकाे उमेद्ववार

सुन्दरहरैंचा / नेपाली काँग्रेसकाे १४ अाै महाधिवेशनमा समाजिक व्यातित्व तथा राजनीतिकर्मी गाेपालबहादुर थापा जिल्ला उपसभापतिमा उमेद्ववार भएसंगै उनकाे अहिले चर्चा बढेको छ । सुन्दरहरैंचा निवासी थापाले माेरङ काँग्रेसकाे उपसभापतिमा उम्मेदवारी दिए सँगै उनकाे मनाेनयन दर्ता समेत भएको छ । हालकाे माेरङ काँग्रेसमा काेषाध्यक्ष रहेका थापा उपसभापति पदका उम्मेदवार हुन् । बलियाे उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गरेका थापा कुरा भन्दा बढी कामलाई विश्वास गर्ने तथा राजनीतिसंगै समाजसेवीकाे रुपमा समेत परिचित छन् । उनी राजनीतिसँगै विभिन्न संघ संस्थामा रहेर लामाे समय देखि नि:स्वार्थ रुपमा काम गर्दै आएका छन् । थापा इन्द्रपुर व्यापार प्रबन्ध समितिकाे पूर्व अध्यक्ष लगायत एक दर्जन भन्दा बढी समाजिक संघ संस्थाहरुमा आबद्व रहदै आएका राजनीतिकर्मी समेत हुन् ।

नेपाली काँग्रेस जिल्ला उपसभापति पदमा उमेद्ववार रहेका थापा राजनीतिबाट समाजकाे परिवर्तन र सुधार हुने भएकोले अबकाे नेतुत्व आफुले भरपर्दो किसिमले समाल्ने र पाटीलाइ गतिशील बनाएर अघि बढ्ने याेजनाका साथमा आफु उपसभापतिमा उमेद्वार रहेको धारणा राख्छन् । सहयाेग र सेवाकाे भावबाट अघि बढेर अरुलाइ समेत राम्रो काममा पेरित गर्दै आएका थापा समाजिक रुपमा समेत छवि बनाएका इमान्दार नेता भएकोले उनलाई विश्वास गर्न सकिने उनी निकट नेपाली काँग्रेसका नेताकार्यकर्ताहरु बताउँछन् ।

नेपाली काँग्रेस पाटीमा लामाे समय देखि त्याग र सेवाकाे भावनाबाट राजनीति गर्दै अघि बढेका थापा सधा जीवन उच्च विचारका साथमा पाटीमा तन र मन दुवै दिएर आफ्नै गतिमा अघि बढ्न रुचाउँछन् । उनले राजनीतिमा मान्छेकाे अनावश्यक भिड हाेइन ,काम गर्ने नेताकाे खाँचाे समाजलाई परेकोले आफु तेस तर्फ ध्यान दिदै अघि बढेको थापाले उल्लेख गरे । थापा स्थानीय स्तरमा समेत नेपाली काँग्रेसकाे अस्तित्व जाेगाएर पाटीकाे समेत गरिमा बढाउँने पुराना नेता समेत भएको स्थानीय नेपाली काँग्रेस पाटीमा आस्था राख्ने समीर बस्नेतले बताए । उमेरकाे हिसाबले ५ दशक भन्दा बढीकाे घामपानी खेपेका थापा नेपाली काँग्रेसका भरपर्दाे नेता र समाजसेवाकाे क्षेत्रमा दिनरात नभनी काम गर्दै आएका समाजिक व्यातित्व समेत भएको स्थानीयहरुकाे समेत धारणा रहेको छ ।

समाजसेवाकाे क्षेत्रमा आर्थिक , भाैतिक तथा सामाजिक रुपले काम गर्न रुचाउँने थापा आफ्नाे पाटीमा खुलेर लाग्ने र भुलेर पनि हतपत नराम्रो काम नगर्ने साथै धन भन्दा अझ बढी फराकिलो मन भएका नेता भएको उनी निकट जानकारहरु बताउँछन् । मोरङ काँग्रेसमा राम्रो छवि बनाएका उनी स्थानीय कार्यकर्तामाझ परिचित छन् । नेपाली काङ्ग्रेस मोरङलाई सशक्त, सङ्गठित र गतिशील बनाउनका लागि जिल्ला उपसभापति पदमा आफुले उम्मेदबारी दिएर अधिवेशनलाई समेत सफल बनाउँन आफु अघि बढेको थापाले बताए । समय अभावको कारण धेरै संग प्रत्यक्ष भेटेर भोट माग्न नपाएको बताएका थापाले आफूलाई ने. का. जिल्ला उपसभापतिमा विजयी गराउन सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया