मोरङ क्षेत्र न. ३ केन्द्रिय प्रतिनिधिमा काे काे हुन सर्वाधिक भाेट ल्याएर निर्वाचित हुनेहरु ?

सुन्दरहरैंचा / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट महाधिबेशन प्रतिनिधिमा समेत कोईराला प्यानलले अग्रता लिएकाे छ । माेरङ क्षेत्र न ३ मा ललितबहादुर श्रेष्ठलाई सबैभन्दा बढी मत प्राप्त भएको छ । उनले ३ सय ७९ मत प्राप्त गरेका छन । उनी गत चुनावमा क्षेत्र नम्बर ३ प्रदेश (ख) का उम्मेदवार समेत हुन ।

खुल्लातर्फ १० जनामा दोस्रोमा प्रदेशसभा सदस्य समेत रहेका सुयर्याराज राईले मत प्राप्त गरेका छन । उनले ३ सय ६४ मत प्राप्त गरेका छन । उनी क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित प्रदेश सांसद हुन । तेस्रोमा डा.सुनिल शर्माले ३ सय १८ मत प्राप्त गरेका छन । महिलातर्फ रुक्मिणी धिमालले सर्बाधिक ३ सय ४१ मत प्राप्त गरेकी छिन । उनी गत स्थानीय निर्बाचिनमा बेलबारी नगरपालिकामा उपमेयरकी उम्मेदवार समेत हुन ।

तपाईको प्रतिक्रिया

mgid

Loading…