एमाले इटहरी २ काे अध्यक्षमा पाैडेल र सचिवमा नेपाल सर्वसहमतीमा चयन

इटहरी / नेकपा एमाले इटहरी उपमहानगरपालिका वडा नं २ ले सर्वसहमतीमै अधिवेशन सम्पन्न गरेकाे छ । भर्खरै राजधानीमा सम्पन्न विधान महाधिवेशन अनुशार वडा अधिवेशन गरिएको हो । अधिवेशनबाट इटहरी २ काे अध्यक्ष लाेचन पाैडेल सर्वसहमतीमा चयन भएका छन् ।

त्यसैगरी सचिवमा नवराज नेपाल चयन भएका छन् । उपाध्यक्ष कनकबहादुर कार्की (कृष्ण), उपसचिवमा धनु थापा र मदन कार्की चयन भएका छन् । त्यसैगरी एमाले इटहरीका १८ वडामा सहमतिमै नेतृत्व चयन भएकाे छ, भने ५ र ७ मा नेत्तृव चयन गर्न बाँकि रहेकाे छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…