नवजात शिशुको शव फेला

बागलुङ / बागलुङको ढोरपाटन नगरपालिकामा–८ नौघर टोलमा एक नवजात शिशुको शव फेला परेको छ । लिङ्ग पहिचान नभएको नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।

प्रहरीले शव नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ्गमा राखेको छ । ‘शव पहिचानमा कठिन छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी इकवाल हवारीले भने, ‘अनुसन्धानमा छौँ, केही भन्ने सक्ने अवस्था छैन ।’

तपाईको प्रतिक्रिया

mgid

Loading…