सुन्दरहरैंचामा बाढीले बगाउँदा बेपत्ता भएका दुई पुरुषकाे खाेजी कार्य जारी

तेलिया खाेला सडक खण्डकाे पुल निर्माण गर्न माग

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ४ स्थित पूर्व पश्चिम लोकमार्गकाे सडक खण्डमा अबिरल बर्षाका कारण अन्दाजी ४३ बर्षका जीवन पराजुली बेपत्ता भएका छन् । दुलारीचाेक देखी पश्चिम तर्फ रहेको तेलिया खाेलाकाे पुलमा अभिरल वर्षाका कारण सडक खण्ड नै धसिएर खाल्डो पर्दा सफारी चालक पराजुली बेपत्ता भएका हुन् ।

सुन्दरहरैंचा ७ निवासी पराजुली मंगलबार बेलुका करिव ७:०० बजे पुर्वबाट पश्चिम तर्फ सिटि सवारी लिएर जादै गर्दा पानीको बहाबले सवारी बगाएको स्थानीयले बताएका छन् । सिटि सवारी घटना स्थलमै भेटीए पनि उनि हाल सम्म बेपता भएको प्रहरीले जनाएको छ । उनको खोजिकार्यका लागि स्थानीय निकाय , जनप्रतिनिधि, प्रहरी प्रशासन लगायतले खोजीकार्य जारि राखेकाे जानकारी प्राप्त भएको छ ।


केही दिन अघि निरन्तर रुपमा आएको वर्षाको कारण साे स्थानकाे पूर्व पश्चिम लोकमार्गको सडक नै दबिएको छ । सोही दबिएको सडककाे पुलमा परी खोलाले बगाउँदा पराजुली बेपत्ता भएकाे स्थानीयले बताएका छन् । परिवार श्रोतले खोजीकार्यमा सहयोग गरिदिन सबै सँग आग्रह समेत गरेका छन्। उक्त तेलिया खोलामा रहेको होम पाइपबाट पानी निकासी हुन नसकेकाले वस्ती समेत जोखिममा परेको स्थानीय वासिन्दाले बताएका छन् । जिर्ण रुपमा रहेको होम पाइप हटाई पुल निर्माण गर्नको लागी नेपाल सरकार सडक डिभिजन कार्यालयमा पहलका लागि तेलिया पुल निर्माण वार्ता टोली समेत गठन गरिएको छ ।

बेपत्ता भएका जीवन पराजुली ।

साे प्रमुख सडक खण्डकाे पुल हाेम पाइपबाट निर्माण भएको हुँदा बर्षे देखि धसिएर कमजोर भएको तथा पटकपटक मर्मत गरि काम चलाउँकाे रुपमा प्रयाेग हुँदै आएकाे थियाे । साे स्थानमा लाेकमार्ग धसेका कारण यातायात ओहाेर दाेहाेरमा अबरुद्ध हुने समस्या समेत बढेको छ । अभिरल बर्षाका कारण नराम्रोसँग धसिएकाे उत्त सडक खण्डकाे पुललाई जतिसक्दाे निर्माण सम्पन्नमा पहल गरेर थप जाेखिमबाट जाेगाउँनु पर्ने सराेकारवालाहरुकाे माग रहेको छ ।

त्यसैगरि सुन्दरहरैंचा ५ बस्ने राजकुमार राईलाई समेत खोलाले बगाएर बेपत्ता भएकाे खबर छ । निरन्तर परेकाे बर्षाका कारण दुवै बेपत्ता भएका पुरुषको खोजी कार्य भईरहेको प्रहरी चाैकी गछियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…