कडा सुरक्षाबिच सुन्दरहरैँचाकी रोजिनाको अन्तेष्टि

बेलबारी / मृत्यु भएको १८ दिन पछि बिहीवार सुन्दरहरैँचाकी २१ वर्षीय रोजिना गिरीको अन्तेष्टि भएको छ । बिहीवार दिउसो बेलबारीस्थित लोहोन्द्रा खाेलामा कडा सुरक्षाकाबिच उनको अन्तेष्टि भएको हो ।

रोजिना सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा असोज ३ गते आइतवार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । रोजिनाको हत्या भएको भन्दै उनका आफन्तले अन्तेष्टि गर्न मानेका थिएनन् । सलको पासोले सिलिङ फेनमा झुण्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाउँदै आएका छन् ।

किटानी जाहेरी र माइती पक्षको निरन्तरको दबाब पछि प्रहरीले रोजीका सासू, जेठानी र जेठाजुलाई पक्राउ गरेको छ । रोजिनाकी सासू, जेठाजु र जेठानीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी अभियोगमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शवमा आगो लगाउनुभन्दा केही समय अघि रोजिनाका माइती पक्ष र सद्गति गर्न आएका काफ्ले परिवारबिच हात हालाहालको स्थितिसमेत सिर्जना भएको थियो ।

तपाईको प्रतिक्रिया

mgid

Loading…