केपी ओलीकाे उपस्थितिमा इटहरीका एमाले नेता ओम कोइरालालाई अभिनन्दन गरिने

इटहरी / इटहरीका पुराना एमाले नेता ओम कोइरालालाई अभिनन्दन गरिने भएकाे छ । असाेज २३ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे उपस्थितिमा कोइरालालाई अभिनन्दन गर्न लागिएकाे हाे । २३ गते इटहरी २ मा रहेकाे कोइरालाकाे निवासमा नै अभिनन्दन कार्यक्रम राखिएकाे छ ।

प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनका इमान्दार कम्युनिष्ट नेताको छवि बनाएका कोइरालालाई अभिनन्दन गर्ने कार्यक्रम रहेको एमाले इटहरीले बताएकाे छ । उनका तीन वटा पुस्तक उक्त कार्यक्रममा विमोचन गरिने छ । मृगौलाको समस्यासँग जुधिरहेका कोइराला अहिले पनि अस्पतालमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…