सुन्दरहरैंचामा पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न पत्रकार सम्बद्ध संगठनहरुको माग

सुन्दरहरैंचा / संचार सम्बद्ध विभिन्न संगठनहरुले मोरङको सुन्दरहरैंचामा पत्रकारमाथि दुर्व्यवहार गरेको घटनामा संलग्नलाई कारवाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ, प्रेस चौतरी नेपाल मोरङ र प्रेस सेन्टर मोरङले विज्ञप्ती जारी गर्दै गत शुक्रबार सुन्दरहरैंचामा बजार अनुगमनको रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि दुव्र्यवहार गर्ने व्यवसायीलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन प्रशासन समक्ष आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीद्वारा जारी विज्ञप्तीमा घटनाको घोर भत्र्सना गर्दै दुव्र्यवहार गर्ने व्यापारी अनुरोध साहूलाई तत्काल कारवाहीको दायरमा ल्याउन सम्बन्धि सरोकारवाला पक्षसँग माग गरिएको छ ।

यस्तै प्रेस चौतारी नेपाल मोरङका संयोजक सुदीप कोइरालाद्वारा जारी विज्ञप्तीमा पत्रकारमाथि दुव्र्यवहारको घटनाप्रति गंभीर ध्यानकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यापारीलाई कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन समक्ष माग गरिएको छ । यसैगरि प्रेस सेन्टर नेपाल मोरङका संयोजक अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा घटनाको घोर भत्र्सना गर्दै संलग्न व्यापारीलाई तत्काल कानूनी दायरामा ल्याइ स्वतन्त्र र निर्भयतापूर्वक पत्रकारिता गर्ने वातावरणको सुनिश्चितता गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको छ । यसै गरि आज घटनामा पीडित पत्रकार शिव भट्टराई भोजपुरे र रेवती निरौला लगायत सुन्दरहरैंचामा सक्रिय ११ जना पत्रकारहरुले सो घटनाको भत्र्सना गर्दै पत्रकारहरु माथि दुव्र्यवहारको घटनामा संलग्न व्यापारी अनुरोध साहूलाई तत्काल कारवाहीको प्रकृयामा ल्याउन माग गरिएको छ ।

यस्तै ज्ञापनपत्रमा आगामी दिनमा यस्ता कार्य हुन नदिने प्रतिवद्धता जनाउँदै स्वतन्त्रतापूर्वक सञ्चारकर्म गर्न सकिने अवस्था निर्माण गर्न समेत नगरपालिकाको ध्यानाकर्षण गराइएको छ । सुन्दरहरैंचामा कृयाशिल पत्रकार रातोतार डटकमका शिव भट्टराई भोजपुरे, मकालु टेलिभिजनका रेवती निरौला, निश्पक्ष खबरका कृष्णचन्द्र सुवेदी, खेमराज अधिकारी, ज्ञाननाथ ढकाल, उद्घोष दैनिकका मणिराम दाहाल, कृषि टीभिका लिनाथ गच्छदार, विराट टीभिका विकल पौडेल, इष्ट खबरका राजन(राज) पोखरेल, रेडियो सुशेलीका बाबुराम निरौला, विपुल सुवेदी सहित ११ जनाले ज्ञापनपत्र बुझएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को कार्यालय, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ र गछिया प्रहरी चौकीलाई दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले कार्य क्षेत्रमा कार्यरत रहेको अवस्थामा पत्रकारमाथि दुव्यवहार हुनु निकै दुःखद् घटना भएको जनाउँदै नगर प्रमुख र उपप्रमुखसँग सल्लाह गरेर दुव्र्यवहारमा संलग्न व्यापारी अनुरोध साहूमाथि आवश्यक कारवाही गरिने प्रतिवद्धता जनाउनु भएको छ । गत शुक्रबार मोरङको सुन्दरहरैंचा ७ स्थित गोठागाउँमा रहेको विनोद किराना पसलमा अनुगमन गर्ने क्रममा पसलका सञ्चाल अनुरोध साहुले अनुगमन टोलीमा रहेका सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका थिए । अनुगमन टोलीले सो पसलबाट किरा परेको चामल, मिति सकिएको विस्कुट, धनिया मसला लगायतका समान जफत गर्ने क्रममा उनले अनुमगन टोलीसँग वादविवाद गरेका थिए । सञ्चारकर्मी शिव भट्टराई भोजपुरेले बादविवाद गर्दै गरेको दृश्य कैद गर्दा किन मेरो भिडियो खिचेको भन्दै पसलका सञ्चालक अनुरोध साहुले भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेका थिए । भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेको दृश्य कैद गरिरहेका मकालु टेलिाभिजनका पत्रकार रेवती निरौलालाई समेत साहुले भिडियो डिलिट गर्न दवाव दिएका थिए । आफुलाई समाजसेवी बताउने नेपाली कांग्रेसका नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि समेत रहेका साहूले समाचारमा आफ्नो भिडियो नदेखाउन सञ्चारकर्मीहरुलाई चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…