गाउँपालिका अध्यक्षले गरे वडाध्यक्षलाई हातपात

भोजपुर / साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले आफ्नै वडाध्यक्षलाई हातपात गरेका छन् । वडा नं. २ स्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत भविन्द्र कार्कीले लामो समयदेखि तलब भक्ता नपाएकोे विषयमा विबाद हुँदा गाउँपालिका अध्यक्षले वडाध्यक्ष मानबहादुर खत्रीलाई हातपात गरेको प्रहरीले जनाएको छ ।

स्वस्थ्यका कर्मचारीले तलब नपाएको विषयमा वडा १२ का स्थानीयसहित गाउँपालिका अध्यक्षलाई भेट्न गएको तर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई नभटेपछि निवेदन गाउँपालिकामा छाडेर कुलुङ तर्फ फर्केने क्रममा बाटोमा नै गाउँपालिका अध्यक्षले आफूलाई हातपात गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका वडाध्यक्ष माथि हातपात भएको भन्दै एमाले भोजपुरले विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ, गाउँपालिकाका अध्यक्ष र कार्यकारी प्रमुख नभेटेपछी निवेदन दिएर कुलुङ तर्फ फर्कने क्रममा २०७८ असोज ८ गते दिउँसो ४.३० बजे तिर हाम्रो पार्टि जिल्ला कमिटि सदस्य तथा वडा नं. २ का अध्यक्ष मानबहादुर खत्री माथी गाउँपालिका अध्यक्ष एवम नेपाली काङग्रेका नेता महेश राईले हातपात गर्नुभएको छ । गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले गरेको दुव्यवहार प्रति खेत व्यक्त गर्दै गम्भिर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहान्छौ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…