सुन्दरहरैंचा नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रामप्रसाद रिजाललाई दिनबन्धु शास्त्रीकाे खुल्ला पत्र ।

सुन्दरहरैंचा नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रामप्रसाद रिजाल ज्यू तपाईं जुन पार्टीबाट चुनाब जित्नु भयो त्यो पार्टीको आन्तरिक गृहकार्य अर्थात अधिबेशन मिति २०७८/६/६ गते मध्यरात्री सकियो भन्ने सुनेको हु। ७ गते तपाइलाइ खुल्ला पत्र लेख्दै छु ।ध्यान दिएर पढ्नु होला न पढे पनि तपाईं बाट मैले अबसरबादी भएर स्वार्थ लुटे भन्ने तपाइका साझ परेपछी लेख्ने बोल्ने कार्यकर्ताले अबश्य तपाइलाइ सुनाउने छ्न। धैर्य गरेर सुन्नु होला, सु ह न पा ५ मा बसोबास गर्ने धेरै जसो र सु ह न पा लाई नियाल्नु हुने धेरैले ७ गते पर्खिराख्नु भएको छ तेस्मा पनि तपाइका भरपर्दा कार्यकर्ता अझै व्यग्र छ्न।प्रारम्भ कहाबाट गर्नु थियो बहसको बिसय बन्ला तर सु ह न पा वार्ड न ५ को स्थानिय निकायको चुनाब भएर तपाईं वडा अध्यक्ष जित्दै गर्दा तपाइले म बाट ब्यक्तिगत फाइदा (यानिकी सहयोग )भनौ या राजनैतिक फाइदा के के लिनु भयो अनि मैले तपाईं बाट के के लिए तपाइका साझ परेपछिका साथिहरुलाइ बिहानको शुभमुहुर्त मा पाप र धर्म लाई साक्षी राखेर सुनाउनु होला ।

जोगिको न घर न ठहर न इज्जत न बेइजत मलाइ असर गर्दैन हदै गर्नु होला यहाँ बाट उठिबास लगाउन तपाइका मित्र मन्डली लागि पर्लान मलाइ मर्छु र मार्छ्न भन्ने अलिकती पनि चिन्ता छैन किन कि म मर्छु भन्ने बुझेर नै जोगि भएको हो।बरु तपाईं लाई फेरि राजनीति गरौला भन्ने छ।किन कि तपाईं त यो समाज को धनाड्य ब्यक्ती निकै पैसा खर्च गरेर चुनाब जित्नु भएको छ ।(बेला बेला तपाइकै मुखबाट सुनेको शब्द लेख्दै छु)तपाइको इज्जत माथी थोरै पनि आच न आओस भनेर म तल के हि बुदा गत कुराहरु लेख्दै छु सर्ब साधारण ले पक्कै पनि बुझ्नु हुनेछ भन्ने आशा राखेको छु।

१) सुन्दरहरैचा न पा वार्ड न ५ मा वडा अध्यक्ष भएर आए पछि visit बर्ष 2020 मा १००००० (एक लाख)जुन नेपाल सरकारको निति अनुसार धार्मिक पर्यटकिय क्षेत्रको प्रचार प्रचारको लागि भनेर छुट्याइएको त्यो पनि वडा सदस्य पर्शुराम घिमिरे ज्युको पहलमा र २०७७ साल मा वडा सदस्य सङिता सापकोटा र पर्शुराम घिमिरे ज्यु को प्रेसरमा शौचालय निर्माण को लागि २००००० (दुइ लाख) बाहेक नया बृन्दाबनको हितका लागि कति बजेट बिनियोजन गर्नु भयो यो अबधि भरी? यस्को सार्बजनिक करण गरिदिनु होला।।

३) यस सस्थाको हितको लागि नगर स्तरिय,प्रदेश स्तरिय,या संघीय सरकार मा कुन कुन योजना पठाउनु भयो वडा मार्फतर कुन कुन शिर्षक मा बजेट ल्याइ गौशालाको बिकाशमा अहम भुमिका खेल्नु भयो प्रस्ट पारी दिनु होला।

४) मुखले बोलेर बिकास हुने हो कि गरेर बिकास हुने हो हेक्का राख्नु पर्छ ,बोलेर मैले गरेर भएको भनेर हुदैन कागज प्रमाण बोल्छ।मैले सार्बजनिक गर्नु पर्यो भने गर्छु नै समस्या भएन ।वडा ले जानेर यो काम हामी गर्छौ भनेर सिफारिस गरिएको एउटा मात्र योजना हेर्ने आशा हुदा हुँदै बजेट बिनियोजन गर्ने कार्यकाल सकिएको छ।अब आशाको किरण छैन।अनि अझै चिया दोकान मा गफ दिने नया बृन्दाबन गौशालाको बिकास हामिले गरेका हौ ,मैले गर्दा भएको हो भनेर।सर्बसाधारण धार्मिक आस्था राख्ने पुर्ब देखि पश्चिम र उत्तर देखि दक्षिण सम्म बसोबास गर्ने मात्र न भएर देश बाहिर बसेर पसिना बगाउने श्रद्धालुहरुको पसिन ले निर्माण भएको सस्था हो यो सस्था प्रती सम्पुर्ण चन्दा दाताहरु को समान अधिकार छ त्यसै ले यो सस्था लाई राजनीति गर्ने अखडा बनाएर फोहोरी राजनीतिको खेल खेलेर सर्बसाधारण लाई उल्लु बनाउला भन्ने न सोच्नु होला।

५) यो सस्थाको सस्थापक को नाता ले अनुरोध गर्दै छु। यो सस्था सङ जोडेर कुनै कुरा लेख्नु बोल्नु अगाडि पहिले आफूले आफुलाई राम्रो सङ पढ्नु होला। हिजो लाई न बिर्सिनु किन कि हिजो कोटियो,बसेको घाउको खाटो उप्कियो भने धेरै दुख्ला,हुन त फोहोरी राजनीति गर्नेहरुलाइ न दुख्न पनि सक्छ। एउटा ब्यक्ती लाई कुनै असर नपर्ला किन कि उ यहाँ बाट पलायन हुन सक्छ , भएका धेरै उदाहरण पनि छ्न तर सस्था कहिले पलायन हुदैन हेक्का रहोस ।समाजलाई अल्मल्याएर धमिलो पानीमा माछा मार्छु भन्ने कहिले न सोच्नु भए सबै महानुभाव हरुको कल्याण हुने थियो।

६) तपाईं बस्ने वडा कार्यलय आएर कुन दिन चिया या पानी पिए तपाइका कार्यकर्ता झै कुन दिन बिहान देखि बेलुका सम्म बसे र तपाईं का कार्यकर्ता मलाइ अबसर बादिको टीका लगाउदै छ्न ।

७) आज भन्दा १२ बर्स अगाडि तपाईं बस्ने गाउँ मा म एक्लो जोगिले देखेको सपना लाई लिएर सारा सन्सारले सहयोग गरि सफल हुनै लाग्दा नया बृन्दाबन गौशाला लाई गिजोल्न र फोहोरी राजनिती गर्न तपाइको पार्टिको आन्तरिक अधिबेशन लाई अधिकार छ ।तपाईं सु ह न पा ५ को वडाध्यक्ष कि सिमित कार्यकर्ता को वडाध्यक्ष?

ब्यक्ती होइन समय बलवान् छ ।तपाइको नितिमा ब्यक्ती बलवान् होला तर मैले सिकेको सिकाइमा समय बलवान् छ ।समय भन्दा पहिले र भाग्य भन्दा अधिक कसैलाइ के हि मिल्ने वाला छैन । जे हुन्छ समय आए पछि हुन्छ।

दिनबन्धु शास्त्री
नयाँ वृन्दावन गाैशाला
सुन्दरहरैंचा ५ माेरङ
संस्थापक संरक्षक

तपाईको प्रतिक्रिया

mgid

Loading…