सिर्जना क्याफेद्वारा गरिएको साप्ताहिक फाेटाे प्रतियाेगितामा अलिशा धिमाल पुरस्कृत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० खोर्सानेमा सञ्चालन हुदै आएकाे सिर्जना क्याफे द्वारा गरिएको साप्ताहिक फाेटाे प्रतियाेगितामा बेलवारीकी अलिशा धिमाल पुरस्कृत भएकी छिन् । गत हप्ता देखि सिर्जना क्याफेकाे फेसबुक पेज मार्फत शुरु गरिएको प्रतियाेगितामा सबै भन्दा बढी लाइक , सियर तथा कमेन्टका आधारमा धिमाल वियजी बनेकी हुन् । सिर्जना क्याफेकाे फेसबुक पेजमा उनकाे समाचार तयार गदै गर्दाकाे समय सम्ममा २ सय ९५ लाइक , २ सय ७० कमेन्ट तथा ७९ सियर रहेको छ ।

सिर्जना क्याफेकाे फेसबुक पेज मार्फत शुरु गरिएको साप्ताहिक फाेटाे प्रतियाेगितामा उत्कृष्ट बनेकी धिमाललाई क्याफेकी संचालिका सृजना पुनले नगद पुरस्कार रु ३ हजार हस्तान्तरण गर्दै सम्मान समेत गरिन् । धिमालले क्याफेमा दुईजानाकाे लागि प्रदान गरिएको खाजा सेट खाएर रमाउँने माैका समेत पाइन् । धिमालले सिर्जना क्याफेले फेसबुक पेज मार्फत आयाेजना गरेकाे साप्ताहिक फाेटाे प्रतियाेगितामा उत्कृष्ट भएर पुरस्कृत हुन पाउँदा खुसि लागेकाे बताउँदै क्याफेमा भएको वातावरण तथा सेवा सुविधा प्रती आफु प्रभावित समेत भएको उल्लेख गरिन् ।

ग्राहककाे पहिलाे राेजाइ बन्दै तिलहरी होमप्लास डिपार्टमेन्ट स्टोर तथा सिर्जना क्याफे

विगत बर्ष देखि आकर्षक रुपमा संचालनमा आएकाे तिलहरी होमप्लास डिपार्टमेन्ट स्टोर तथा सिर्जना क्याफे अहिले ग्राहकहरुकाे पहिलाे राेजाइ बन्न सफल भएको छ । एकै भवनमा क्याफे सँगै डिपार्टमेन्ट स्टाेर समेत सञ्चालन गरेर सेवा सुविधा थप गरिएको छ । स्थानीय ठाउँकाे विकासका साथै स्वदेशमै आत्मा निर्भर बनेर राेजगारी सिर्जना गर्न समेत तिलहरी हाेमप्लास डिपार्टमेन्ट स्टाेर तथा सिर्जना क्याफे सञ्चालनमा ल्याएकाे सञ्चालक गाेपाल याख्खाले बताए । उनले दशै तिहार तथा विभिन्न अबसरहरुमा छुटकाे समेत व्यवस्था गरिएको उल्लेख गरे । क्याफेमा नेपाली ,थकाली ,इन्डियन आइटमलाई विशेष जोड दिएकाे उल्लेख गर्दै डिपार्टमेन्ट स्टाेर तथा क्याफेमा गरि २५ जाना भन्दा बढी जनशक्तिलाई स्वदेशमै राेजगारी समेत प्रदान गरिएको जानकारी दिए ।

सिर्जना क्याफेमा रुख टप गार्डेन तथा मिटिङ हलको समेत व्यवस्था गरिएको छ । मिटिङ हलमा २५ जाना अटाउँने क्षमता रहेको छ । डिपार्टमेन्ट स्टाेर तथा क्याफेमा एसी , फ्रि बाइफाइको सुविधा सहित हाइवे क्षेत्रलाई व्यवस्थित गर्दै मानिसहरुको कार्य व्यस्तता लाई बुझेर सम्पूर्ण प्रकारका आइटम एकै भवनमा बिक्री वितरण गर्ने योजना अघि बढाइएको संचालनको भनाइ छ। उत्त डिपार्टमेन्ट स्टोर तथा क्याफेमा पार्किङको समेत राम्रो सुविधा रहेको छ ।क्याफेमा ग्राहकहरुकाे सुविधा तथा मनाेरञ्जनकाे लागि विभिन्न समयमा लाइभ म्यूजिककाे समेत व्यावस्था गरिएको छ ।

सुन्दरहरैंचा नगर क्षेत्रमा पहिलो पटक डिपार्टमेन्ट स्टोर तथा क्याफे एकसाथ संचालनमा आएर ग्राहकहरुलाई सुविधा प्रदान गर्न सफल भएको छ । क्याफेमा सुन्दरहरैंचा आसपासको मनोरम दुश्य अवलोकन गर्दै आनन्द पूर्वक बसेर खान पाहिने व्यवस्था गरिएको छ । तिनतल्लाको भवनमा संचालनमा आएको व्यापारिक प्रतिष्ठानकाे पहिलो तल्लामा सम्पूर्ण घरायसी सामान उपलब्ध गराउँने डिपार्टमेन्ट स्टाेर रहेको छ । दोस्रो र तेस्रो तल्लामा क्याफे संचालन गरिएको छ । डिपार्टमेन्ट स्टोर तथा क्याफेमा ग्राहकहरुको सुविधाको लागि चटपटे , पानीपुरी , फलफुल , सागसब्जी लगायतको आइटम समेत बिक्रीका लागि थप गरिएको छ । उत्त क्याफे तथा रेष्टुरेन्टमा पुस्तक पढेर ज्ञान आर्जन गर्न चाहाने पुस्तक पारखीहरुको लागि विभिन्न प्रकारका पुस्तकहरु समेत समावेस गरिएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…