ब्राउन सुगर सहित एक जना पक्राउ

झापा / झापा मेचीनगर नगरपालिका ४ राईसिंग स्थीतबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् ।

हिजो बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले बताएकाे छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…