इनरुवामा जेसीजको एरिया ए सम्मेलन हुदै

इनरुवा / असोजको ६ र ७ गते जेसीजको एरिया ए सम्मेलन सुनसरीको इनरुवामा हुने भएको छ । सम्मेलन यस अघिको निर्धारित तालिका भन्दा दुई दिन अघि सारेर आयोजना गर्न लागिएको हो । सोही अनुरुप इनरुवा जेसीजले तयारी समेत अघि बढाइएको जनाएको छ ।

इनरुवा जेसीजका अध्यक्ष सम्यम कोइरालाका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एरिया ए सम्मेलनमा ४१ वटा शाखाको सहभागिता रहने उनले बताए । कोइरालाका अनुसार सम्मेलनमा ४१ वटा शाखाका शाखा अध्यक्ष सहितका पदाधिकारीहरु, नेपाल जेसीजका अफिसर, अन्य क्षेत्रका शाखा अध्यक्ष तथा पूर्व पदाधिकारीहरु उपस्थिति रहने छ ।

एरिया ए सम्मेलनमा शाखा गतिविधि समिक्षा सहित आगामी कार्य योजना तय गर्ने र महाधिवेशन तयारी जस्ता विषयमा छलफल हुने बताइएको छ । सम्मेलन निर्देशक चन्दन यादबका अनुसार इनरुवामा आयोजना हुने जेसीजको एरिया ए सम्मेलन इनरुवा नगरको पहिचान र प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ । आयोजक इनरुवा जेसीजले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर सम्मेलन आयोजना गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…