सुन्दरहरैंचा नगर उपसभापतिमा रन्जित कार्कीकाे चर्चा

सुन्दरहरैंचा / नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनमा सुन्दरहरैंचा नगरपालिका १२ निवासी रन्जित कार्कीले नगर उपसभापतिमा उम्मेदवारी घोषणा गरे संगै उनकाे चर्चा परिचर्चा बढेको छ । हाल नेपाली काँग्रेस नगर कार्य समितिका सचिव समेत रहेका कार्कीको उम्मेदवारी घोषणासँगै काँग्रेसका नेता कार्यकर्ताहरुमा पनि उत्साह थपिएको छ । अनुभवि नेतृत्व त्यसमाथि स्वच्छ र सामाजिक छविका कारण कार्कीको उम्मेदवारीले नयाँ उत्साह थपिएको काँग्रेसका कार्यकर्ताहरु बताउँछन । नेपाली काग्रेसकाे राजनीतिमा हाल काेइराला प्यानलमा निकट रहेका कार्की राजनीति सँगै व्यावसायिक र सामाजिक पक्षमा समेत परिचित छन् । उनी ने.का. नगर कार्य समितिका सचिव , चिर्साङ कर्सर उद्योगका अध्यक्ष तथा दिग्विजया टेड्सका अध्यक्ष समेत हुन् ।

कार्कीकाे राजनीतिक यात्राकाे शुरुवात बि.स २०४५ सालमा नेपाली काङ्ग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संङ्घबाट सुभारम्भ भएको थियाे । तेसबेला मोरङ जिल्ला अमरदह गा.प. वाड न . ५ केचनाबाट स्व. गिरिजाप्रसाद कोईराला तथा शैलाजा आचार्यको प्रेरणाबाट राजनीति यात्रा सुरु भएको कार्की बताउँछन् । कार्की बि.स २०४६ सालमा श्री बाल मा .वि . हरकपुर को बिद्यार्थी सभापति हुँदै २०४७ सालमा अमरदह गा.बि.स. नेबिसंघको सदस्य भए ।

तेस पछि बि. स २०४८ सालमा नेबिसंघ क्षेत्र न .२ मा नेबिसंघ को उपसभापति भएर कार्य सम्पादक गरेका थिए । उनले २०५२ / ५३ सालमा जाते गाविस मा ने. का. को गाउँ कमिटी सदस्य भएर कार्य गरेका थिए । साथै २०५३ सालमा साविक इन्द्रपुर गाविसकाे विराटचोकमा बसाइ सरेर आए देखि निरन्तर रुपमा ने. का. मा क्रियाशिल सदस्य भै कार्य गरेको साथै कोशीहरैंचा नगरपालिका ने.का. सचिब हुँदै दुई नगरपालिका मर्च हुँदा पनि नगर सचिबको कार्य निरन्तरता गरिरहेको साथै नजिकिदै गरेको पाटीकाे १४ अाै महाधिवेशनमा भक्तीप्रसाद सिटौलाको टिमबाट आफुले नगर उपसभापतिमा उम्मेद्ववारी दिएर अघि बढेको कार्की बताउँछन् ।

समाजमा लाेकप्रिय तथा सहयाेगि मनका धनी कार्की पार्टीको सुदृढीकरण साथै सबैलाई समेटेर नेतृत्व गर्ने योजनाका साथ आफुले उम्मेदवारी दिएको बताउँछ । उनी पाटीकाे राजनीति गर्दा सिद्धान्त र विचारकाे राजनीति गर्नु पर्दछ भन्ने मान्यता राख्छन । कार्की एक व्यक्ति एक पद , एक धारणा एक विचार अनुसार पाटी अघि बढेर सिद्धान्त अनुसार सबैलाई समान रुपले समेटेर पद हस्तान्तरण हुनु पदर्छ भन्ने बताउछन् ।

उनी नेपाली काग्रेसकाे १४ महाधिवेशनमा आफुलाइ नगर उपसभापतिमा सफलता प्राप्त भए आफ्नाे पाटीकाे कार्यालयमा इन्टरनेट , कम्प्युटर तथा कर्मचारीकाे आवश्यतालाइ पूरा गरि ने. का. लाई थप गतिशील र समृद्ध बनाउँदै आगामी स्थानीय तहकाे निर्वाचनमा पाटीलाई अघि बढाएर पु:न विजयी गराउँने लगायतका विविध याेजना रहेको उल्लेख गर्छन् ।

तपाईको प्रतिक्रिया

mgid

Loading…