विराटनगर गुद्री बजारमा पुरुषको शव

विराटनगर / विराटनगरको पुरानो गुद्री बजारमा पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो विराटनगर– ९ पुरानो गुद्री बजारमा पुरुषको शव फेला परेको हो । भित्तामा राखिएकाे बल्कमा अडेस लागेको अवस्थामा मृत भेटिएका अन्दाजी ३०–३५ वर्षकाे जस्ताे देखिने पुरुषको पहिचान खुलेकाे छैन ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको सनाखत गर्ने प्रयास पनि भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…