३३ बर्ष देखि कार्यरत तीन स्वयंसेविकाकाहरूलाई इटहरी उपमहानगरपालिकाले गर्याे सम्मान

इटहरी / ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गरेका हुन् ।

उनीहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो ।विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा गरे । उनले भने “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।” इटहरीमा १सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

mgid

Loading…