बिराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

इटहरी / मोरङको बिराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान-१३ का ३४ बर्षीय रुपक कुमार राईलाई पक्राउ गरेकाे हाे ।

उनलाई प्रहरीले डाईजोलाप १० एम्पुल, लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित आज बिहान साँढे ९ बजे पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…