इनरुवामा नगरको प्रतिक चिन्ह ईनार बनाइदै

इनरुवा / इनरुवाको मूख्य बजार रहेको स्थानमा ईनार बन्ने भएको छ । लोकतान्त्रिक चोकको बिच भागमा नगरको पहिचानका रुपमा प्रतिक चिन्ह ईनार बनाउन लागिएको हो । उक्त संरचना निर्माणको लागि आज शिलान्यास गरिएको छ । नगर प्रमुख राजन मेहताले प्रतिक चिन्ह ईनारको शिलान्यास गरेका हुन् ।

उपभोक्ता समिति मार्फत निर्माण गराउन लागिएको ईनारको लागत १५ लाख रहेको बताइएको छ । इनरुवाको इतिहासलाई जगेर्ना गर्न ईनारको प्रतिक निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिनन्द यादवका अनुसार नगरपालिकाको कार्यालयको १२ लाख र उपभोक्ताको ३ लाख ईनार निर्माणमा खर्च गरिने छ ।

मंसिर अन्तिम साता भित्रमा काम सम्पन्न गर्ने गरी निर्माण प्रकृया अघि बढाइएको अध्यक्ष यादवले जानकारी दिए । यादवका अनुसार ईनार ५ फिट गहिरो हुनेछ । भुईबाट जम्मा १५ फिटको उचाई भित्र बन्ने संचरनामा प्रतिक चिन्हसँग जोडिएका सबै आकृतिहरु तयार पारिने छन् । माथिल्लो भागमा ईनारबाट पानी तान्दै गरेका मानिसको प्रतिक स्वरुप फाइबरका मुर्तीहरु समेत राखिने यादबले बताए ।

शिलान्यास कार्यक्रम पश्चात बोल्दै नगर प्रमुख राजन मेहताले मूख्य बजार क्षेत्रमा बन्न लागेको ईनार नगरको पहिचानका रुपमा स्थापित हुने बताए । उनले इनरुवाको नाम ईनारबाटै रहन गएकाले इनरुवाको नाम सँग जोडिएको पहिचानलाई जिवन्त राख्न ईनारको प्रतिक चिन्ह निर्माण गर्न लागिएको बताए ।

जंगल फडानी पूर्व इनरुवामा पानीको मूल स्रोत रहेको र सोही पानीको स्रोत रहेको स्थानलाई जनजिब्रोमा इनर–हुवा भनिदै आएकोमा उक्त शब्द अपभ्रंस भई इनर्वा हुुँदै इनरुवा नाम रहन गएको कथन रहि आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…