धरानमा सामाजिक दुरी कायम गर्दै रक्तदान

धरान / नेपालमा समेत कोरोना भाइरस (कोभिड १९) को संक्रमको सम्भावना बढेर गएपछि अहिले लक डाउनलाई कडाई बनाइएको छ । लकडाउनसंगै सरकारले भीडभाड हुने गतिविधिलाई पूर्ण रुपमा बन्देज गराएको छ । तर यस्ता अति आवश्यक सामाजिक कार्य जो गर्नैपर्ने हुन्छ त्यस्ता कार्यमा समेत अहिले सर्वसाधारण सचेत बन्दै समाजिक दूरी कायम गरेर गर्न थालेका छन् ।

ऋहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र नेपाल रेक्रस सोसाइटी सुनसरीले सञ्चालनमा ल्याएको रक्त सञ्चार सेवामा रगत परिपूर्ति हुने क्रम जारी छ । रक्तदान गर्ने संघ संस्थाले रक्त सञ्चार सेवामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीको अनुरोधलाई मनन गर्दै सामाजिक दूरी कायम गर्दै रक्तदान कार्यक्रमलाई निरन्तता दिएका छन् ।

पछिल्लो सुनसरी उद्योग वाणिज्यले समेत मानवीय धर्मलाई आत्मसात गर्दै संघकै कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तदान गर्न चाहनेहरु समेत एक मिटरको दूरीमा पालो कुरेर बसेको दृश्य देखिएको थियो भने रक्तदान गर्ने स्थानमा समेत एक मिटरको दूरीमा कुर्सीहरु राखिएको थियो ।

रक्त सञ्चार सेवामा भएको रगत अभावलाई थोरै भएपनि सहयोग मिलोस भन्ने उद्देश्यले सामाजिक दूरी ख्याल गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताउनुभयो । कोरोनाको संक्रमणसंंग बच्दै सामाजिक कार्यलाई पनि निरन्तता दिन सुनसरी उद्योग वाणिज्य संघ सजग भएको बताउनुभयो । उहाले कार्यालय छिर्नुपूर्व सावुन पानीले हात धुने, सेनेटाइजर प्रयोग गर्ने देखि लिएर रक्तदान गर्दा दूरी निर्धारण गर्ने कुरालाई ध्यान दिएको बताउनुभयो ।

त्यसो त आयोजक मात्र हैन रक्तदान गर्न आउनेहरु पनि पछिल्लो समयमा यस विषयमा सचेत बनेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट हरेक उपाय अवलम्बन गर्दै नेपाल सरकारले निर्देश गरेको एक मिटर दूरीलाई समेत पालना गरेको उनीहरु बताउछन् ।

विपतका समयमा सबै नेपालीले एक आपसमा सहयोगी बन्नुपर्ने भएकोले पनि रक्तसञ्चारमा भएको रगत अभावले सर्वसाधारणको उपचारमा सहज होस् भनेरै रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक प्रभात खतिवडाले बताउनुभयो । कोरोनाको जोखिमबाट बच्न सावधानी अपनाउदै रगत अभावका कारण विरामीले भविष्यमा समस्या नभोगुन भन्नकै लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस छिमेकी मुलुक भारतमा समेत दिनप्रतिदिन बढ्दै जादा नेपालमा पनि सावधानी अपनाउन सके कोरोना भाइरसको जोखिम घटेर जाने कुरा नेपालीहरुले बुझिसकेका छन् । नेपालमा अहिले कोरोना भाइरस संक्रमण्को संख्या १६ पुगिसकेको छ । यी र यस्ता सामाजिक कार्यमा दूरी निर्धारण गरेर काम सके पक्कै पनि कोरोना भाइरसको जोखिम घटेर जानेछ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया

mgid

Loading…