गरिवका घर बनाउँदै बिर्तामोड नगरपालिका

बिर्तामोड / बिर्तामोड नगरपालिका वडा नम्वर १ ले विपन्न नागरिकका लागि घर निर्माण शुरु गरेको छ । सहारा नेपाल (साकोस), ह्याविट्याट फर ह्युमानेटीसंगको साझेदारीमा बिर्तामोड नगरपाकिलाले विपन्न नागरिकको घर निर्माण शुरु गरेको हो । विपन्न आवास कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका – १ मा २० वटा घर निर्माण शुरु गरेको बिर्तामोड नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार घर भुकम्प प्रतिरोधि हुने छ । भुई घर भएपनि तीन सुते सड प्रयोग गर्दै वरण्डा सहितको तीन कोठे निर्माण गरिने छ । डेढ फिट कुर्सी उठाएर अढाईफिट माथि झ्यालसम्म प्लम लगाउँदै निर्माण गरिने घर केमिकल युक्त वासको प्रयोग गरिन्छ वडाअध्यक्ष पाण्डेले भने – निर्माण गरिने सबै घर एकै प्रकारका हुन्छन् ।

चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २ सय वटा घर निर्माण गर्ने भएके छ । प्रत्येक घर निर्माणका लागि दुई लाख रुपैयाँ खर्च हुने बताइएको छ । घर निर्माणका लागि वडा नम्वर १ मा खेमनाथ न्यौपानेको संयोजकत्वमा रहेको समितिले काम गरिरहेको वडा अध्यक्ष पाण्डेले बताए । समिति सात सदस्यीय रहेको बताइएको छ । बिर्तामोड नगरपालिका – १ मा ५० घर अति विपन्न रहेको र २० घर पहिलो चरणमा निर्माण गर्ने र बाँकी ३० घर आगामी आर्थिक वर्षमा निर्माण गर्ने बताइएको छ । जग्गा भएका तर, अति विपन्न परिवारका लागि नगरले घर निर्माण गर्ने योजना अनुसार नचानु गाउँका छत्रसिंह राजवंशीको घर शिलन्यास गर्दै वडा नम्वर १ मा विपन्न आवास कार्यक्रम शुरु भएको हो ।

घरको शिलन्यास बिर्तामोड नगरपाकिला प्रमुख ध्रवकुमार शिवाकोटीले गरेका थिए । घरको छाना टिनको भएपनि लामो समयसम्म वस्न मिल्ले गरी आधुनिक तरिकाले घर निर्माण गरिने छ । बिर्तामोड नगरपालिका – १ नम्वर वडाले आर्थिक वर्ष २०७४÷०७५ मा टुकी रहित उज्यालो वडा घोषणा गरेको थियो । त्यस्तै २०७५÷०७६ मा डुवान रहित वडा घोषणा गरेको छ । डुवान मुक्त वडा घोषणा गरेसंगै बिर्तामोड नगरपालिका १ भएर बग्ने अन्धुवा खोलामा तटवन्धनको काम शुरु गरेको र यस पटक पनि जनताको तटवन्धनसंग सहकार्य गर्दै खोला नियन्त्रणका लागि थप काम अघि वढाइने वडा अध्यक्ष पाण्डेले बताए । विर्तामोड नगरपालिकाले गत वर्ष सहारा नेपालसंग सहकार्य गर्दै ७४ वटा घर निर्माण गरेको थियो ।

यसैबीच बिर्तामोड नगरपालिका – १ ले समपुरक वजेटबाट अतिथिसदन पश्चिम जगतमार्ग हुँदै श्रीजंघा मार्ग र लोकतान्त्रिक मार्गका लागि ढल र प्लम सहित कालोपत्रे हुने भएको छ । त्यस्तै गौरवको योजना अन्तरगत ३० लाख रुपैयाँमा सूर्य नगरमा साढे पाँच मिटर डे«न सतिको सडक निर्माण हुने भएके छ ।

प्रदेश सरकााको सहयोगमा वडा नम्वर १ को पुरानो यातायात कार्यालय अगाडीको सडक निर्माण भएरहेको वडा अध्यक्ष पाण्डेले जानकारी दिए । सो सडक निर्माणका लागि ८० लाख रुपैयाँ १ नम्वर प्रदेश सरकारले प्रदान गरेको बताइएको छ । सो सडक नाला र डे«न सहितको हुने बताइएको छ । वडा नम्वर १ मा गठित ३५ वटा टोल विकास समितिले अहिले वडामा भइरहेको विकास निर्माणका काम हेर्दै आएको बताइन्छ । दुई हजार घर धुरी रहेको वडामा १५ हजार जनसंख्या रहेको वडा अध्यक्ष पाण्डेले बताए ।

वडाको विकासका लागि एक करोड ८ लाख रुपैयाँ नगरवाट सिलिङ वजेट छुट्टिएको र वाँकी वजेट प्रदेश र संघ संग सहकार्य गर्दै वडा भित्र्याएर विकास निर्माणका काम अघि बढाइएको वडा अध्यक्ष पाण्डेको भनाई छ ।

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

थलियो पर्यटन क्षेत्र, थलिए व्यवसायी

गरिवका घर बनाउँदै बिर्तामोड नगरपालिका

लागुऔषधको जालो तोड्न झापा प्रहरी सक्रिय : हालसम्मकै ठूलो परिमाणमा खैरो हिरोइन बरामद, ६ महिला सहित १३१ जना पक्रउ

गोरुगाडाका चक्का बटुलेर गिनीज बुकमा नाम लेखाउने दाउमा प्रसाई

गोरु पक्रदा एसपीको सरुवाको चलखेल !

आयुर्वेदको बेथिति रोक्न बल्ल अनुगमन

संविधान दिवस मनाउन झापामा नेकपाको तयारी तीव्र

मेघामा दशै तिहार बहार, सामान किन्दा उपहारै उपहार

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

झापामा अपराधको जालो : बिप्लका कार्यकर्ता पक्राउ परे पालै पालो

तपाईको प्रतिक्रिया

Loading…