विराटनगर लाइ सुन्दर बनाउन बिजुलीको पोलमा फूलसहितको गमला

विराटनगर / विराटनगरलाई सौन्दर्यीकरण गर्न मेन रोडको बिजुलीको पोलमा फूलसहितको गमला राख्ने अभियान सुरु भएको छ ।
विराटनगर महानगरपालिका र रोटरी क्बल अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा उक्त अभियानको थलानी भएको हो ।

विराटनगर महानगरपालिका अगाडि आइतबार एक कार्यक्रममार्फत सहरको शौन्दर्य बढाउन बिजुलीको पोलमा स्टेण्डसहितको गमला राख्ने अभियानको शुभराम्भ गरियो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र रोटरी क्लबका गभर्नर किरणलाल श्रेष्ठले संयुक्त रूपमा बिजुलीको पोलमा फूलसहितको गमला राखेर अभियानको उद्घाटन गरे ।

विराटनगरको तीनपैनी चौकदेखि ट्राफिक चौकसम्म मेनरोडका करिब १ सयवटा बिजुलीको पोलमा राखिने पराजुलीले जानकारी दिए । एउटा पोलमा दुईवटा गमला र डस्बिन पनि राखिने उनको भनाइ छ । पराजुलीले बिजुलीको पोलमा राखिएको फुल सहितको गमलाको संरक्षण गरिन छुट्टै संयन्त्र बनाउने तयारी पनि गरिएको बताए । रोटरी डाउनटाउनकी अध्यक्ष अर्चना तापडियाले विराटनगरलाई सुुन्दर बनाउने अभियान अन्तर्गत महानगरसँग सहकार्य गरिएको बताइन् । रोटरीका गभर्नर किरणराज श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा रोटरीले सामाजिक कामलाई तीव्र बनाइएको बताए । कार्यक्रम संयोजक रचना राठीले रोटरीले समाजमा नागरिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको बताइन्

तपाईको प्रतिक्रिया

mgid

Loading…